Ad image

४८ साल देखि कम्युनिष्टहरु सत्तामा रहेको रोल्पामा अन्य पार्टीले आँखा लगाउन लागेको महराको भनाई

मालश्री खबर
मालश्री खबर २६ आश्विन २०८०, शुक्रबार
3 Min Read
Aa

भरत नेपाली
मालश्री खबर, असोज २६ रोल्पा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका स्थायी समिती सदस्य जोख बहादुर महराले रोल्पामा कम्युनिस्टहरु ४८ साल देखि सत्तामा भै रहेकोले अन्य पार्टीहरुले रोल्पामा आँखा लगाउन लागेको बताउनु भएको छ ।

बिहीवार माओवादी केन्द्र लुङग्री गाउँ समितीको आयोजनामा जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताउन भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको महराले जनमत र जनसमर्थनमा माओवादी कमजोर देखिए पनि माओवादी केन्द्रको हाल ७ लाख पार्टी सदस्य रहेकोले हाम्रो पार्टी सानो र कमजोरी नभएको जिकिर गर्नु भयो ।

रोल्पामा पन्चायतको समय देखि जनताको विरुद्ध बोल्ने र जनताहरुलाई दुख दिनेहरुलाई जनताले गाउँ बाट लखेटने गरेको बताउदै पछिल्लो समय कसैले पठाइएको ब्यत्ती रोल्पाको गाउँ गाउँ मा आउदा पनि हामी किन चुप लागेर बस्ने त्यसको विरुद्ध लाग्नु पर्ने बताउनु भयो ।

- Advertisement -
Ad image

महराले रोल्पा र रोल्पालिले जनयुद्धमा धेरै चिज गुमाएको बताउदै केही मान्छेहरु अताल्लिएर जनयुद्धमा लागेर के पायौ भन्दै गाउँ गाउँ डुलेको बताउदै जनयुद्धको कारण अहिले देशमा समानुपातिक समाबेश, धर्मनिरपेक्षता, संघीयता, नयाँ संबिधान जनताले पाएको बताउनु भयो ।

त्यस्तै महराले अहिले देश माओवादी केन्द्रको सेरोफेरोमा चलेको बताउदै संसदमा संख्याको हिसाबले हामी थोरै भए पनि देशका ठुला पार्टीहरु हाम्रो नेतृत्वमा अगाडि बढेको बताउदै माओवादीको रणनीति बैज्ञानिक समाजवादमा जाने रहेको बताउदै त्यहाँ पुग्नको लागि देशलाई समृद्धि बनाउन मुख्य चुनौती रहेको र त्यो चुनैतिको सामना गरि देशलाई समृद्धि बनाउन प्रचण्ड नेतृत्वको सरकारले देशमा भस्ट्चार र भस्ट्चारिहरुको अन्त गरि देशमा सुसासन कायम गरि जनताको बलमा शान्ती पुर्ण रुपले समाजबादमा जाने माओवादी केन्द्रको मुख्य रणनीति रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्य तथा जनता सग माओवादी रुपान्तरण अभियानको सुनछहरी र लुङग्री गाउँपालिका इन्चार्ज आस बहादुर पुनले माओवादीले जनयुद्ध नगरेको भए आज हामी गा.पा अध्यक्ष वडा अध्यक्ष र सदस्य हुन पाउने थिएनौ भने संबिधानमा समानुपातिक समाबेशिको कुरा लेखेकै कारण रास्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुख, गापा अध्यक्ष, उपाध्यक्षमा अनिवार्य फरक लिङ्गको हुनु पर्ने ब्यबस्था रहेकोले महिला र दलित महिलाको आवाज लाई सत्तामा पुगेर हल गर्न को लागि दलित र महिला सदस्य अनिवार्य गरेको बताउनु भयो ।

नेपालको संबिधानको सारभुत कुरा लैङ्गिक, जातीय, क्षेत्रि जस्ता कुरा लाई प्राथमिकतामा राखेको बताउदै, स्थानीय सरकार संचालन ऐन २०७४ मा सबै भन्दा बढि अधिकार वडा अध्यक्ष लाई दिएकोले यो सबै परिवर्तन हामी र हाम्रो पार्टीको कारणले भएको जिगिर गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा लुङग्री गाउँपालिकाका ७ वटै वडाका जनप्रतिनिधि, पार्टीका वडा अध्यक्ष लगाएत अन्य नेता तथा कार्यकर्ता हरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array