Ad image

सुलिचौर रुइनिबाङ बजार अनुगमन : अधिकांश पसलहरू मापदण्ड विपरीत सञ्चालन

मालश्री खबर
मालश्री खबर २४ आश्विन २०८०, बुधबार
4 Min Read
Aa

भरत विश्वकर्मा, असोज २४ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाको सुलिचौर र रुइनिवाङको बजार अनुगमन गरिएको छ । पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र समेत रहेको सुलिचौर, रुइनिवाङ बजारको आज (बुधवार) अनुगमन गरिएको हो ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको संयोजकत्वमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा, घरेलु तथा साना उद्योग कार्यालय रोल्पा, कृषि ज्ञान केन्द्र रोल्पा र सुनिलस्मृति गाउँपालिकाको संयुक्त टोलीले सुनिलस्मृति गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र सुलिचौर र रुइनिबाङ बजारको अनुगमन गरिएको थियो ।

बजार अनुगमनको समयमा अधिकांश पसलहरू व्यवसायी सञ्चालनको मापदण्ड अनुरूप सञ्चालन नभएको पाइएको थियो ।

- Advertisement -
Ad image

सुलिचौर र रुइनिबाङ बजार क्षेत्रको अनुगमनको क्रममा अधिकांश पसलहरू सञ्चालनको मापदण्ड वितरित सञ्चालन भएको पाइएकोले त्यस्ता पसलहरूलाई निश्चित समय दिई मापदण्ड बमोजिम सञ्चालन गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । अनुगमन टोलीले दिएको समयसीमा भित्र मापदण्ड बमोजिम सञ्चालन नगरेमा कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको टोलीले सुलिचौर र रुइनिबाङमा सञ्चालित एग्रोभेट, दुग्ध देरी, मासु पसलहरूको अनुगमन गर्दा अधिकांश सबै पसलहरु मापदण्ड बमोजिम सञ्चालन नभएको पाइएको थियो । मापदण्ड विपरीत अव्यवस्थित तरिकाले मासु पसलहरु सञ्चालन गरेको पाइएको थियो, भने एग्रोभेट पसलहरूमा पनि म्याद गुज्रिएको सामानहरु पाइएको थियो । साथै केही पसलहरूमा मापदण्ड विपरीत अन्य सामानहरू पनि राखेर विक्रि गरिरहेको पाइएको थियो । मापदण्ड विपरीत सञ्चालनमा रहेका व्यावसायीहरुलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख शंकर न्यौपानेले चाडै आफ्नो व्यवसायलाई दर्ता गरेर मापदण्डको आधारमा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको टोलीले सुलिचौर र रुइनिबाङमा सञ्चालित खाद्य तथा किराना पसलको अनुगमन गर्दा २२ वटा पसलहरू दर्ता नगरी सञ्चालन गरेको पाइएको थियो । प्रायजसो पसलहरूले पसलमा साइनवोर्ड, मुल्यसूची, भ्याटविल नराखेको पाइएको थियो, साथै त्यस्ता पसलहरुलाई चाडै मापदण्ड पु¥याएर मात्र सञ्चालन गर्न समय दिएको र उक्त समय भित्र मापदण्ड नपु¥याएमा त्यस्ता व्यवसायीहरूलाई कारबाही गरिने घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख ताराप्रसाद शर्माले बताउनुभयो । अनुगमनबाट ३ हजार ७ सय २० रुपैयाँ बराबरको म्याद गुर्रिएको खाद्य तथा उपभोग्य सामान जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै कृषि ज्ञान केन्द्र रोल्पाको टोलीले गरेको अनुगमनमा पनि केही एग्रोभेटहरुले व्यावसायलाई दर्ता नगरी सञ्चालन गरेको, बिऊ तथा विषादी एकै ठाउँमा राखेको लगाएतका समस्यारहेकोमा त्यसलाई चाडै सुधार गर्न सुझाब दिएको कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख मनोज कूमार सिंहले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा, घरेलु तथा साना उद्योग कार्यालय रोल्पा, कृषि ज्ञान केन्द्र रोल्पा र सुनिलस्मृति गाउँपालिकाको संयुक्त टोलीले सुनिलस्मृति गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र सुलिचौर र रुइनिबाङमा गरेको बजार अनुगमनमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, प्रमुख जिल्ला अधिकारी परमानन्द्र घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख शंकर न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख ताराप्रसाद शर्मा, कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख मनोज कुमार सिंह, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, उद्योग वाणिज्य संघ रोल्पाका प्रतिनिधि, सम्बन्धित कार्यालयका अन्य कर्मचारीहरू, सुनिलस्मृति गाउँपालिकाका कर्मचारीहरू, सुरक्षाकर्मी लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array