Ad image

आगलागी जोखिम न्यूनीकरण सम्बन्धी विपद् पूर्वतयारी अभ्यास लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ आश्विन २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर, असोज २१ गते रोल्पा ।

सम्भावित आगलागी विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य मुलक अभ्यास तथा विपद पुर्वतयारी, प्रतिकार्य योजना २०८० को सार्वजनिकरण कार्यक्रम लिबाङको टुडिखेमा सम्पन्न भएको छ ।

जिल्ला बिवद व्यवस्थापन समिती रोल्पाको आयोजना र जिल्ला स्थित बिपदको समयमा रहेने बिभिन्न निकायएको समन्वयमा आगलागी विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका अभ्यासमूलक कार्यक्रम गरिएको जिल्ला बिपद व्यवस्थापन समिती रोल्पाले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

- Advertisement -
Ad image

बिपदको समयमा जिल्लामा अग्र पंटीमा रहने नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी रोल्पा, आइएनएफ नेपाल रोल्पा र युएनएफपिएको समन्यव एंव सहकार्यमा विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका अभ्यास गरिएको बताइएको छ ।

आगलागी बाट हुने सम्भावित क्षति जोगाउन गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित थियो । अभ्यासमूलक अनुशिक्षणमा विपद् पछि हुने क्षेतीलाई कसरी कम गर्न सकिन्छ र तत्काल कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको थियो ।

आगजनीलगायतका प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्यसम्बन्धी अभ्यास गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले आम नागरिकहरुले दैनिक आफ्नो भान्साका प्रयोग गर्दै आएको ग्यास रिलिन्डर बिस्पोट तथा आगो लागी बाट हुने सम्भाबित क्षतीलाई कम गर्नको लागी यो अभ्यास महत्वपुर्ण भएको बताउनु भएको छ ।

त्यसैले खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालीन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नका लागि यस्तो प्रकारको कृत्रिम पूर्वअभ्यास गराइएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भएको छ ।

बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० निमार्णमा आर्थिक तथा प्राबिधिक सहयोग गर्ने बिभिन्न कार्यालय, संघ संस्था र व्यतिलाई प्रसंसा पत्रद्धारा सम्मान समेत गरिएको छ ।

सम्मानित हुनेहरुमा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा, आइ.एन.एफ. नेपाल रोल्पा, यु.एन.एफ.पिए. रोल्पा, भु तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पा, स्वास्वास्थ्य कार्यालय रोल्पा, लगाएत केहि व्यतिहरुलाई समेत सम्मान गरिएको थियो ।

जिल्ला बिपद व्यवस्थापन समिती रोल्पाका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममो प्रमुख अतिथिमा जिल्ला समन्वय समिती रोल्पाकी प्रमुख सिता आचार्य रहुन भएको थियो ।

सो कार्यक्रमा जिल्ला स्थित केहि नगरपालिका गाँउपालिकाका प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष, बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, सबै सुरक्षा निकायका प्रमुखहरु बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, शिक्षक बिद्यार्थि लगाएत स्थिानिय नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल रेडक्र सोसाइटी रोल्पा शाखाका सभापति डीबी घर्तिमगरले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array