Ad image

शिक्षक महासंघ रोल्पा नगर समितिले काठमाडौ केन्द्रित आन्दोलनको समिक्षा गर्यो

मालश्री खबर
मालश्री खबर २० आश्विन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, असोज २० गते रोल्पा/

शिक्षक महासंघ रोल्पा नगर समितिले काठमाडौ केन्द्रित आन्दोलनको समिक्षा गरेको छ । नेपाल शिक्षक महासंघ रोल्पा नगरपालिकाको नगर समितिले काठमाडौ केन्द्रित शिक्षक आन्दोलको समिक्षा गरेको शिक्षक महासंघ रोल्पाले जानकारी दिएको छ ।

कार्यक्रममा कोठमाडाै आन्दोलमा जादाको आर्थिक विवरण प्रस्तुत गरिएको थियो । आन्दोलनमा जादाको ३९ जनाका खर्च नगर समितिले बेहोर्ने भएको छ ।

शिक्षक महासंघ रोल्पा नगर समितिका अध्यक्ष खलसिङ बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचलन शिक्षक महासंघ नगर समितिका सचिव के.बि बिरहीले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष दुर्गाबहादुर साही, शिक्षक संघका काभा अध्यक्ष सुकमाया थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका बिमला पुन लगायतको उपस्थित रहेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array