Ad image

इन्द्रेश्वरी मावीमा विव्यस गठन

मालश्री खबर
मालश्री खबर १९ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, असोज १९ गते रोल्पा ।

इन्द्रेश्वरी माध्यामिक विद्यालयले विद्यालय व्यबस्थापन समिति गठन गरेको छ । रोल्पा नगरपालिका वडा नम्बर १ खेवासेमा रहेको इन्द्रेश्वरी माध्यामिक विद्यालयले अभिभावकको भेलाबाट रमेश पुनको अध्यक्षतामा ९ सदस्सीय विद्यालय व्यबस्थापन समिति गठन गरेको विद्यालयका सुचना अधिकारी शिक्षक रमेश पुनले मालश्री खबरलाई जानकारी दिनुभयो ।

रोल्पा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खुमबहादुर थापाले नव गठित विद्यालय व्यबस्थापन समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । नयाँ जोस जागर सहितको युवाहरुको समुह व्यबस्थापन समिति इन्द्रश्वरी मावीले पाएको हुनाले विद्यालयको हितको लागि काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष खुमबहादुर थापा, वडा सदस्य अमरजित राना, अभिभावक मनबहादुर पुन, रोल्पा नगरपालिकाका बालविकास संयोजक निमकुमारी डाँगी लगायत अभिभावकहरुको उपस्थित रहेको थियो ।

- Advertisement -
Ad image

उक्त कार्यक्रमको अवसरमा दिलकुमारी घर्तिको अध्यक्षतामा ११ सदस्यीय विद्यालय शिक्षक अभिभावक संघको पनि गठन गरेको सुचना अधिकारी पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array