Ad image

वडाले झोला दिए पछि बिद्यार्थिहरु भए खुशी

मालश्री खबर
मालश्री खबर १८ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, असोज १८ गते रोल्पा

लुङ्ग्री गाउँपालिका वडा नम्बर २ को कार्यालय सिर्प रोल्पाले वडा भित्र रहेका ६ वटा विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न, जेहेन्दार तथा अपाङ्ग भएका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री (झोला) वितरण गरेको छ ।


वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेट मार्फत लुङ्ग्री गाउँपालिका वडा नम्बर २ सिर्पका सम्पुर्ण विद्यालयहरुमा अध्ययनरत आर्थिक रुपले विपन्न, जेहेन्दार तथा अपाङ्ग भएका विद्यार्थीहरुको लागि वडा कार्यालयले शैक्षिक सामाग्री (झोला) वितरण गरेको लुङ्ग्री गाउँपालिका वडा नम्बर २ सिर्पका वडा अध्यक्ष अमृत बहादुर घर्तिले जानकारी दिनुभएको छ ।

वडाले वितरण गरेको शैक्षिक सामाग्रीले विद्यार्थीहरुको पढाईमा केही सहयोग पुग्ने अपेक्षा लिएको अध्यक्ष घर्तिले बताउनुभएको छ ।

- Advertisement -
Ad image

वडामा रहेको ६ वटा विद्यालयमा अध्ययनरत ६५ जना विपन्न, जेहेन्दार तथा अपाङ्ग विद्यार्थी पहिचान गरी शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ ।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला वितरण कार्यक्रममा लुङ्ग्री गाउँपालिका २ का वडा अध्यक्ष अमृत बहादुर घर्ति, वडा सदस्यहरु, ६ वटै विद्यालयका शिक्षक, विद्यार्थी लगाएतको उपस्थिति रहेको वडा कार्यालयले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

आफुहरुले शैक्षिक झोला पाए पछि बिद्यार्थिहरु निकै खुशि भएको सरश्वती प्राथमिक बिद्यालय लुङ्ग्री गाँउपालिका २ प्रध्यानाध्यापक यामसी खड्काले बताउनु भयो । वडाको यस्तो प्रकारको कार्य बाट बिद्यार्थिहरु खुशि हुनुका साथै पढाई प्रति उनिहरुको लगाव बढ्ने समेत प्रध्यानाध्यापक खड्काको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array