Ad image

अन्तर्राष्ट्रिय रोल्पाली समाज साउदी शाखाले रोल्पा त्रिवेणीका भुमिसरालाई आर्थिक सहयोग गर्यो

मालश्री खबर
मालश्री खबर १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाले रोल्पा त्रिवेणीका भुमिसरा पुन वलिलाई आर्थिक सहयोग गरेको छ। साउदी साखाका उपाध्यक्ष टेकेन्द्र रानाको संयोजकत्वमा संकलन भएको सहयोग पिडितलाई हस्तान्तरण भएको छ ।

पिडितको आफ्नो घर पनि नभएको, सानो छदा दुबै खुट्टा जलेर हिड्न नसक्ने र श्रीमानको पिसाब थैलिमा समस्याभई पोलिथिन थैलि बोकेर हिड्नु परेकोले भुमिसरा पुन वलीको उपचारकालागी राहात होस भनेर १९ हजार सहयोग भएको छ । त्यसैगरी तिनै पिडितलाई कुवेतमा रहने रोल्पा रुण्टिगढी २ गोरिनेटाका होम बहादुर मगरले रु. ३ हजार सहयोग गर्नुभएको छ ।

सहयोग हस्तान्तरण गर्न ३ नम्बर वडाध्यक्ष टिला कुमारी वलि र अन्तर्राष्ट्रिय रोल्पालि सेवा समाजका प्रवक्ता वकिल पुन पिडितकै घरमा गई सहयोग हस्तान्तरण गर्नुभएको छ ।

- Advertisement -
Ad image

त्रायसैगरी मेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १० चनखु निवासी बर्ष ४० की अस्मिता मगर बिगत ३ बर्ष देखि बिरामी भएको र उहाँको एउटा खुट्टा भाचिएको, खासै काम नगर्ने र अर्को खुट्टा पुरै नचल्ने भएकोले संचारकर्मि अनिता थापाको आग्रहमा अन्तर्राष्ट्रिय रोल्पाली सेवासमाजका प्रवक्ता वकिल पुन मार्फत रुपैया ५ हजार पिडितलाई हस्तान्तरण गरिएको छ । पिडित अस्मिता मगर हाल पाटन अस्पतालमा उपचार गराई रहनुभएको छ ।पोष्टपाटी

प्रतिक्रिया दिनुहोस्

Array