Ad image

लुम्बिनी प्रदेशले दुई बर्षमा दुई लाख रोजगार सृजना गर्दै छ, प्रदेश योजना आयोगका सदस्य डाक्टर ओली

मालश्री खबर
मालश्री खबर १७ आश्विन २०८०, बुधबार
5 Min Read
Aa

मालश्री खबर, असोज १७ गते रोल्पा ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अन्तरर्गत स्थानिय स्रोत साधन अवसर उत्पादन रोजगारी तथा आयबृद्धि सम्बन्धि छलफल मंगलबार लिबाङमा गरिएको छ ।

अगामी दुई बर्ष भित्र लुम्बिनी प्रदेशमा दुई लाख बेरोजगारहरुलाई रोजगार दिने उदेश्य लुम्बिनी प्रदेशको रहेको भन्दै आफुहरु कुन जिल्लामा स्थानिय स्रोत साधन अवसर उत्पादन रोजगारी तथा आयबृद्धि सम्बन्धि उत्पादनको के सम्भाबना छ भनेर त्यसको खोजिमा आएको लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डाक्टर सुदन कुमार ओली बताउनु भएको छ ।

- Advertisement -
Ad image

छलफल कार्यक्रममा सहभागि करिब २१ जनाले आफ्नो राय सहित रोल्पा जिल्लामा स्थानिय स्रोत साधन अवसर उत्पादन, रोजगारी तथा आयबृद्धि सम्बन्धि उत्पादनको के सम्भाबना छ भनेर सुझाव दिएका छन् ।

छलफल कार्यक्रममा सहभागि भएर सुझाब दिनेहरुमा जिल्ला समन्वय समिती रोल्पाकी प्रमुख सिता आचार्य, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगर, माडी गाँउपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर जुनमाया, रुन्टिगढी गाँउपालिका उपाध्यक्ष सरिता केसि, परिबर्तन गाँउपालिका उपाध्यक्ष कलादेबी खत्रिनी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको छ ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डा. शंकर न्यौपाने, रोल्पा नपा कृषि शाखा प्रमुख महेन्द्र पुन, कृषि ज्ञान केन्द्र रोल्पाका निमित्त कार्यालय प्रमुख मनोज कुमार सिंह, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर, सृजनशिल हाम्रो कोसेली घरको उद्यमी हिरा कुमारी घले गुरुङ, जलजला बहुमुखि क्याम्पसका उपप्रध्यापकहरु कमल खड्का र झक्कु न्यौपाने, अगुवा कृषक ऋिषिराम रोका, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्य, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद आचार्य, सिचाई डिबिजन कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख प्रबिन कुमार, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका उद्यम बिकास सहजकर्ता प्रेम बहादुर बिष्ट, प्रधामन्त्री कृषि आधुनिकरण परियोजना सम्पर्क कार्यालय रोल्पाका प्रमुख मित्रलाल पौडेल, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका टिकाराम घर्तिमगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, रोल्पाली गंगा जमुना अल्लो उद्योगका उद्यमी धनपुरा बुढामगर, मुलपानी ताजा तरकारी कृषक समुहका अगुवा कृषक रुपलाल वली लगाएतले सुझाब दिनु भएको थियो ।

सो कार्यक्रममा बोल्ने अधिकांस व्यत्तिहरुले रोल्पामा कृषि बाली अन्तरर्गत आलु, टमाटर, बन्दा, काउली, लसुन, प्याज, रायो आदी लगाएत मसला जातको बालीको उत्पादनको लागी राम्रो क्षेत्र बताएका छन् । फलफुलमा सुन्तला, कागती, स्याउ, किबी, ओखर आदी र अन्य कृषिबालीमा कोदो लगाएतको उत्पादन राम्रो हुने सुझाब दिएका छन् । अल्लो उत्पादनको पनि राम्रो सम्भाबना क्षेत्र भएको बताएका छन् ।

पशु पालनमा भेडा, बाख्रा, बंगुर, लोक्कल कुखुरा पालन व्यावसायको राम्रो सम्भाबना रहको छलफल कार्यक्रममा बोल्ने सहभागिहरुले सुभाब दिएको छन् ।

रोल्पा जिल्लामा प्रसस्त मात्रामा उत्पादन हुने भाङ्गोलाई अहिलेको कानुनले उत्पादनमा बन्देज गरेको भन्दै, यसको उत्पादनमा प्रदेशले छिट्टै कानुन बनाएर भाङ्गो उत्पादन गर्न दिनु पर्ने कार्यक्रममा बोल्ने बत्ताहरुले बताएका छन् ।

रोल्पामा धेरै उत्पादन हुने लोक्कल मदिरालाई ब्राण्डिङ गरेर अन्तराष्ट्रिय बजारमा पुर्याउन सकेमा यस बाट पनि रोल्पालीहरुको राम्रो आम्दानीको स्रोत बन्ने बताएको छन् ।

रोल्पा जिल्लामा उत्पादन भएको बस्तुले तत्काल समयमा राम्रो बजार र मुल्य नपाउने, परम्परागत खेति प्रणाली पशुपालन व्यावसाय अंगाली रहेको हुनाले यसलाई पनि थप व्यवस्थित गर्न सकेमा रोल्पालीहरुको आय आर्जनमा पनि बृद्धि हुने र रोजगारको पनि सृजना हुने बताएका छन् ।

त्यस संगै कृषकको उत्पादनलाई बजार सम्म जोडनको लागी सडक पुर्वाधारको राम्रो व्यवस्था हुनु पर्नेमा समेत जोड दिएका थिए ।

रोल्पामा अहिले पनि सानो परिमानमा तरकारी खेती र व्यावसायीक पशुपालनको क्षेत्र रहेको यसको क्षेत्र र दायर फराकिलो र कृषकको उत्पादनको बजारको ग्यारेन्टी राज्यले लिउन सके मात्र यसरी भएको छलफलले सार्थकता पाउने समेत कार्यक्रममा बोल्ने बत्ताहरुले बताएको छन् ।

 

छलफल कार्यक्रममा आएका सल्ला सुझाबकै आधारमा अब प्रदेश सरकारले आफ्नो निती कार्यक्रम तथा योजना बनाएर अगाडी बढ्ने प्रदेश योजना आयोगका सदस्य सुदन कुमार वलीले बताउनु भएको छ ।

छलफल कार्यक्रम सबै बाट आएका सल्लाह सुझाबलाई एक-एक गरि टिपोप गरेर राखिएको छ, यि सल्लाह सुझाबलाई आधार मानेर प्रदेश सरकारले काम गर्ने अर्थ मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डेले बताउनु भयो ।

कार्यक्रममा कृषि भुमि व्यवस्था मन्त्रालयका शन्देश धितालको पनि उपस्थिती रहेको थियो ।

प्रदेश योजना आयोगका सदस्य डाक्टर सुदन कुमार वलीले रोल्पा नगरपालिका वडा न. ४ मा रहेको अल्लो धागो कटाई बुनाइ साझा सुबिधा केन्द्रको अनुगमन गर्नु भएको छ भने सदरमुकाममा छुट्टै क्रियाशिल पत्रकार केहि सामाजसेबी तथा नागरिक अगुवाहरु सँग पनि भेटघात गर्नु भएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array