Ad image

कांग्रेस क्रियाशिल सदस्य ओलीको १३ पुण्यतिथीको अवसरमा शोक सभा आयोजना

मालश्री खबर
मालश्री खबर १६ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, असोज १६ गते रोल्पा ।

नेपाली कांग्रेस परिवर्तन गाउँपालिका वडा नम्बर ४ रोल्पाको आयोजनामा मंगलबार शोकसभा कार्यक्रम सम्पन्न भएको छ । परिबर्तन गाउँपालिका वडा न.४ साबिक पाछाबाङ गाबिस वडा न. ४ का पुर्ब निर्बाचित वडा सदस्य तथा नेपाली कांग्रेस क्रियाशील सदस्य धनबहादुर वलीको १३ औं पुण्यतिथिको अबसरमा शोकसभा कार्यक्रम गरिएको बताइएको छ । शोक सभा कार्यक्रम नेपाली कांग्रेस परिवर्तन गाउँपालिका ४ का वडा सभापति जय बहादुर बुढामगरको अध्यक्षतामा भएको बताइएको छ ।

 

शोक सभा कार्यक्रमको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस रोल्पाका पुर्व पाटी सभापति तथा समाजसेवी कृष्ण बहादुर घर्तिमगर रहनु भएको थियो भने बिशिष्ट अतिथिमा नेपाली कांगेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तिमगर रहनु भएका नेपाली कांग्रेस परिबर्तन गाँउपालिका वडा ४ ले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

 

शोक सभामा बोल्दै नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सभापति तथा समाजसेबी कृष्ण बहादुर घर्तिमगरले मृतक वलीको आत्माको चिर शान्तिmको कामना गर्दै शोकाकुल परिवार जनलाई गहिरो सम्बेदना व्यक्त गर्दै, परिबर्तन गाउँपालिका वडा न.४ साबिक पाछाबाङ गाबिस वडा न. ४ का पुर्ब निर्बाचित वडा सदस्य तथा नेपाली कांग्रेस क्रियाशील सदस्य धनबहादुर वलीको मृत्युले नेपाली कांग्रेस पार्टीमा ठुलो क्षति पुगेको बताउनुभएको छ । दुःखको यस घडिमा शोकलाई शक्तिमा बदलेर मृतक वलीले देखेको सपनालाई पुरागर्नको लागी सबै एक भएर लाग्नु पर्ने समेत बताउनु भएको छ ।

 

शोक सभा कार्यक्रमा नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सचिव झक्कु प्रसाद घर्ति, पुर्व गाविस अध्यक्ष हरि प्रसाद वली, नेपाली कांग्रेस रोल्पाका पुर्व जिल्ला कार्य समिती सदस्य तथा अनुशासन समिति सयोजक विश्वकुमार चन्द, नेकपा माओवादी केन्द्र का प्रतिनिधि पुर्ण बहादुर परियार विकास, नेकपा एमालेको टेकेन्द्र रोका लगाएतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array