Ad image

जन्मदिनको योगदान कोष कार्यक्रम मावि फगाममा उदघाटन

मालश्री खबर
मालश्री खबर १६ आश्विन २०८०, मंगलवार
4 Min Read
Aa

चित्र वियोग झाकृमगर
मालश्री खबर, असोज १६ गते, रोल्पा/

पछिल्लो समय सामुदायिक बिद्यालयहरुले अभिभावकहरुलाई बिद्यालयका सम्पूर्ण गतिविधिहरुमा सक्रिय बनाउँदै शैक्षिक गुणस्तर कायम गर्नका लागि विभिन्न खाले असल र सबल अभ्यासहरु सञ्चालन गर्दै आइरहेका छन् ।

यसै बिचमा सुनछहरी गाउँपालिका – ६ फगाम स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले पछिल्लो समय पश्चिमा विदेशी संस्कृतिको नक्कल गर्दै तडक भडक र फजुल खर्च सहित जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्न र सो खर्चलाई पुण्यको कर्म गर्दै रचनात्मक कार्य मार्फत मनाउनुपर्छ भन्ने सन्देश विद्यालय तहबाट प्रदान गर्नका लागि ‘जसरी जन्मदिन मनाउँछ इन्द्रेणीले पानी र घामसँग, म मेरो जन्मदिन मनाउँछु नेरामावि फगाम सँग’ भन्ने मुल नारा सहित आज एक औपचारिक कार्यक्रमका बिच विद्यालयमा कार्यरत शिक्षक देबिराम घर्तिमगर, विद्यालय व्यवस्थापन समितिका सदस्य पुर्णिमा घर्तिमगर र विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा राधिका पुनमगरको जन्मदिनको अवसर पारेर ‘मा.वि.फगाम जन्मदिन योगदान कोष’ कार्यक्रमको समुद्घाटन समारोह सम्पन्न गरेको छ ।

कोषबाट सङ्कन भएको दान तथा सहयोग रकम विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको प्रयोजनका निम्ति खर्च गरिने र सो कोष सञ्चालन र व्यवस्थापन गर्नका लागि विद्यालय व्यवस्थापन समिति अध्ययक्षको संयोजकत्वमा ७ सदस्यीय कार्यकारी समिति रहने विद्यालयका निवर्तमान प्रधानाध्यापक धन बहादुर पुनले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

विद्यालयले युवराज घर्ती मगरलाई नयाँ प्रधानाध्यापकको रुपमा पाए सँगै योजनाबद्द रुपमा यस बर्षलाई अभिभावक आगमन बर्ष घोषणा गर्दै यसलाई सफल बनाउनका लागि विविध कार्यक्रमहरु कक्षामा १ देखि ३ सम्म आमा भेटघाट कार्यक्रम लगायत अभिभावक लक्षित कार्यक्रमहरु विद्यालयले सञ्चालन गरिरहेको छ । कार्यक्रमको प्रमुख अतिथिमा सुनछहरी गाउँपालिकाका प्रवक्ता तथा सो वडाका वडा अध्यक्ष अमरजित पुनमगर रहनुभएको थियोे ।उद्घाटन समारोहमा वडा सदस्य कर्ण बहादुर पुन, खुम बहादुर रोका क्षेत्री, कमला बि.क., ने.क.पा. माओवादी केन्द्रका वडा अध्यक्ष ओविलाल पुन मगर, गाउँपालिका प्रेस संयोजक आशिष पुनमगर आदिको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा ६ नं वडाका वडा अध्यक्ष अमरजित पुन मगरले विद्यालयले आफ्नो इतिहासमै पहिलोपटक सबै सरोकारवाला पक्षलाई असल संस्कार सहित एकसुत्रमा बाँध्न नयाँ अभ्यासको थालनि गरेकोमा यसलाइ लक्ष्यमा पुर्याउनमा सबै सरोकारवाला पक्षको साथ र सहयोगको अपिल गर्दै कार्यक्रमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल आफैमा विविधताले भरिपुर्ण सम्पन्न मुलुक भएतापनि यहाँ मनाइने विभिन्न सामाजिक संस्कार तथा परम्पराहरु देखासिकी र फजुल खर्चको भरमा मनाइने र पछिल्लो समयमा यी र यस्ता गतिविधिले समाजलाई विकृत तुल्याएकोमा आफु चिन्तित रहेको उल्लेख गर्नुभएको छ।यसलाई निराकरण गर्नमा सबै सचेत तह र तप्काहरु सचेत रहँदै विभिन्न उत्सव तथा संस्कारहरुबाट हुने खर्चलाई कटौती गर्दै सो रकमलाई सामाजिक हितसँग जोडिने गरि पुण्यकर्म र उदाहरणिय कार्यमा अग्रसर रहन सबैमा आग्रह गर्नुभएको छ ।

आज सोही समारोहका बिच विद्यालयको निम्न माध्यमिक तह(तृतीय श्रेणी) करार नेपाली बिषय शिक्षकका रुपमा नव नियुक्त शिक्षक रमेश थापा क्षेत्रीलाई पनि नियुक्तिपत्र हस्तान्तरण सहित स्वागत गरिएको विद्यालय परिवारले जनाएको छ।विद्यालयका शिक्षक देउमन रोका क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर पुनको रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रधानाध्यापक युबराज घर्तिमगरले गर्नुभएको थियोे ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, विभिन्न टोल विकास सस्थांका अध्यक्ष, आमा समुह, महिला स्वयंसेविका, जनप्रतिनिधि, युवा क्लब अभिभावकहरुको उपस्थिति रहेको थियो।उदघाटन कार्यक्रम योगदान कोषको दान पेटिकामा केही अभिभावक र अतिथिहरुले स्वैच्छिक दान समेत गरिएको अब जोकोहीले आफ्नो जन्न दिन मनाउन विद्यालय आउने जन्मदिन योगदान स्वैच्छिक दान गरि पुण्य कमाउन विद्यालय परिवारले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array