Ad image

ऐेतिहासिक सिद्धपोखरी नेर्पा मेला सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ आश्विन २०८०, आईतवार
2 Min Read
Aa

अमृत वली
मालश्री खबर, असोज १४ गते रोल्पा ।

ऐेतिहासिक सिद्धपोखरी नेर्पा मेला सम्पन्न भएको छ । परम्परा देखिनै चतुर्दशीको दिन देखि लाग्ने मेला असोज ११ गते त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको प्रमुख आथित्यतामा सुुरु भै १४ गते सम्पन्न भएको हो ।

मेलाको अवसरमा श्री जनजागृति नमुना माध्यमिक विद्यालय त्रिवेणी – ५ रोल्पाले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको थियोे ।
खुल्ला भलिबल प्रतियोगितामा बिजेता राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सिपुर दाङ, उप–बिजेता वाइसीएल नेपाल रोल्पा, अन्तिम ४ मा पर्ने अन्य २ समुह नेपाल तरुण दल त्रिवेणी गाउँपालिका रोल्पा र आयोजक रहेको छ ।

त्यस्तै डबलमेन्स ब्याडमिन्टन प्रतियोगितामा बिजेता त्रिवेणी गाउँपालिका रोल्पा, उप–बिजेता परिवर्तन गाउँपालिका रोल्पा, अन्तिम ४ मा पर्ने अन्य समुह डरुवा र सिम्पानि रहेको छ । सामुहिक नृत्य तर्फ नेत्रज्योति युवा कल्व त्रिवेणी–४ चक्रि प्रथम, जनजागृति नमुना माध्यमिक विद्यालय द्वितीय , लुम्बिनी सांस्कृतिक प्रतिष्ठान जुगार तृतीय भएको छ , भने खुल्ला लोक दोहोरी तर्फ रिमिक्स दोहोरी त्रिवेणी–७ प्रथम, जनजागृति नमुना माध्यमिक विद्यालय द्वितीय, लुम्बिनी सांस्कृतिक प्रतिष्ठान जुगार तृतीय भएको छ ।

- Advertisement -
Ad image

प्रतियोगितामा विजयी समुहहरुलाई पुरस्कारको साथमा प्रमाण–पत्र समेत प्रदान गरिएको छ ।

पुरस्कार राशि
खुल्ला भलिबल तर्फ
बिजेता पुरस्कार रु.५० हजार
उप–बिजेता पुरस्कार रु.३० हजार
फाइनलिष्ट पुरस्कार रु. १०/१० हजार
डबलमेन्स ब्याडमिन्टन तर्फः
बिजेता पुरस्कार रु.१२ हजार
उप–बिजेता पुरस्कार रु.७ हजार
फाइनलिष्ट पुरस्कार रु. ४/४ हजार
सामुहिक नृत्य तर्फः
प्रथम पुरस्कार रु.७ हजार
द्वितिय पुरस्कार रु.५ हजार
तृतीय पुरस्कार रु. ३ हजार
लोक दोहोरी तर्फः
प्रथम पुरस्कार रु.५ हजार
द्वितिय पुरस्कार रु.३ हजार
तृतीय पुरस्कार रु. २ हजार

प्रतिक्रिया दिनुहोस्

Array