Ad image

जिल्लामा क्रियाशिल सबै साहित्यिक संस्थाहरुले गरे सयुक्त कार्यक्रमकाे आयोजना 

मालश्री खबर
मालश्री खबर १३ आश्विन २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर असोज १३ गते, रोल्पा  

जिल्लामा क्रियाशिल सबै साहित्यिक संस्थाहरुले संयुक्त आयोजनामा कार्यक्रम हुने भएको छ । रोल्पाको सदरमुकाम लिबाङमा शनिबार बसेको जिल्लामा क्रियाशिल साहित्यिक संस्थाहरुको सयुक्त बैठकले उक्त निर्णय गरेको ललित साहित्य परिषद्, रोल्पाकी अध्यक्ष अध्यक्ष के.बी. विरहीले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।


दशैतिहारको अवसर पारेर कार्यक्रम गर्न लागेको बताइएको छ । कार्यक्रम कार्तिक ३ गते रोल्पा नगरपालिका वडा ३ साद्दोबाटो भ्यू टावर क्षेत्रमा संचालन हुने भएको छ । दशै तिहारको अवसरपारेर जिल्ला बाहिर गएका साहित्यकारहरु पनि घर फर्किने भएको हुनाले ति साहित्यकारहरुको समयलाई पनि मध्य नजर गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष केबि बिरहीले बताउनु भएको छ ।

कार्यक्रममा सहभागि हुने साहित्यकारहरुले जुन सुकै बिधाको पनि आफ्नो रचनाहरु प्रस्तुत गर्न पाउने गरि सबै खुल्ला छोडीएको बताइउको छ । कार्यक्रम सफल बनाउनको लागी एक समिती समेत छनोट गरिएको साहित्यकार बिरहीले बताउनु भएको छ ।

- Advertisement -
Ad image

लुम्बिनी वाङ्मय प्रतिष्ठान, रोल्पा शाखाका अध्यक्ष ओम पन्छीको संयोजकत्वमा जिल्लामा क्रियाशिल बिभिन्न ६ वटा साहित्यिक संस्थाहरुको रहेका छन् ।

समितीमा राप्ती साहित्य परिषद् रोल्पा शाखाबाट अध्यक्ष कविता उपाध्याय, ललित साहित्य परिषद्, रोल्पाबाट अध्यक्ष के.बी. विरही, प्रगतिशील लेखक संघ रोल्पा शाखाबाट अध्यक्ष कृष्ण निर्जन, नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाबाट अध्यक्ष देवी गुरुङ, नेपाली लेखक संघ रोल्पाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने समितीमा उत्त, समितीमा रहनु भएको छ ।

समितीले नै कार्यक्रम कँहा गर्ने र कार्यक्रमको मोडेल कस्तो रहने भन्ने बारेमा टुंगो लगाउने बताइएको छ । कार्यक्रममा रोल्पामा जिल्ला बाहिरका साहित्यकारहरुले पनि भाग लिउन सक्ने छन् तर कार्यक्रममा उपस्थितीको लागी कसैलाई पनि औपचारीक पत्रकार गरेर भने कसैलाई पनि निम्तो नगरिने, कार्यक्रममा सहभागी साहित्यकारहरुले कम्तिमा एक जनाले तिन वटा सम्म आफ्नो सिर्जना वाचन गर्नु पर्ने छ, कार्यक्रममा सहभागी साहित्यकारहरुको लागी सिर्जना वाचन अनिबार्य भने नभएको अग्रज साहित्यिकार डी.बी. टुहुरोले जानकारीदिनु भएकोे छ ।

अग्रज साहित्यिकार डी.बी. टुहुरोका अनुसार कार्यक्रम हुँदाको एक दिन बिहानको खाना आयोजकले कार्यक्रम स्थलमै व्यवस्था गरिएको बताउनु भएको छ ।

सदरमुकाम लिबाङमा शनिबार बसेको जिल्लामा क्रियाशिल साहित्यिक संघ संस्थाहरुको संयुक्त बैठकको अध्यक्षता अग्रज साहित्यिकार डी.बी. टुहुरोले गर्नु भएको थियो ।

उक्त बैठकमा रोल्पा नगरपालिका निवर्तमान नगर प्रमुख एंव साहित्यकार पुर्ण केसि, क्षेत्री, नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफुल, राप्ति साहित्य परिषद रोल्पाकी अध्यक्ष कबिता उपाध्याय, ललित साहित्य परिषद रोल्पाका केबि बिरही, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक काशीराम डाँगी, पुर्ब अध्यक्ष खेम बुढामगर, निबर्तमान महेश न्यौपाने, नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाबाट अध्यक्ष देवी गुरुङ, साहित्यिकारहरु गोकर्ण प्रसाद पुन, शेर बहादुर थापा, हेमन्त खत्री लगायतको सहभागिता रहेको थियो ।

यस्तो प्रकारको कार्यक्रमको परिकल्पना रोल्पा नगरपालिका निवर्तमान नगर प्रमुख एंव साहित्यकार पुर्ण केसि र अग्रज साहित्यिकार डी.बी. टुहुरोले गर्नु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array