रुन्टीगढी गाउँपालिकाले गर्यो घरेलु मदिरा प्रतिबन्ध लगाउने निर्णय

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०८०, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर असोज १२ गते, रोल्पा
रोल्पाको रुन्टीगढी गाउँपालिकाले घरेलु मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाउने भएको छ । बिहिबार बसेको रुन्टीगढी गाउँपालिका गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार असोज २० गतेदेखि लागु हुने गरि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाले रुन्टीगढी गाउँपालिका भरी बेचबिखन, ओसार प्रसार तथा प्रयोग गर्न पुर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिनु भएको छ ।

गाउँपालिका भित्र अन्य मधिराको तुलनामा धेरै प्रयोग भएको करिब ९७ प्रतिशत भन्दा बढी घरेलु मदिरा प्रयोग हुने भएकाले नियन्त्रण गर्नु परेको अध्यक्षको सचिवालयले जानकारी दिएको छ । मधिराको सेवन गरि गाउँमा झै झगडा गर्ने, अप्रिय घटना घटाउने सम्मको कार्य हुने गरेकाले यसको न्युनिकरण गर्नका लागि प्रतिबन्ध लगाउने निर्णय गाउँपालिकाले गरेको हो । घरेलु मधिरा नियन्त्रण गर्नु आफुहरुको रहर नभइ बाध्यात्मक अवस्था रहेको अध्यक्ष पुनको भनाई छ ।

गाउँपालिकाले घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरिरहदा सामाजिक संजालमा भने प्रतिबन्ध गर्नुको सत्ता ब्यस्थापन गर्ने आवाज उठिरहेको छ । अध्यक्ष पुनका अनुसार गाउँपालिकासंग घरेलु मधिरा तत्काल ब्यवस्थापन गर्नका लागि गाउँपालिकामा कार्यविधिको अभावका कारण नसकिएको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशले पनि कानून बनाउने चरणमा भएकाले पालिका आफैले तत्काल कार्यविधि बनाउन असम्भव भएको बताउनु भएको छ । लुम्बिनी प्रदेशमा घरेलु मधिरा ब्राण्डिङ, लेबलिङ र बजारीकरणलाई ध्यानमा राखेर कानून बनाइरहेकाले प्रदेशको कानून अनुसार आफुहरुले पनि कार्यविधि बनाएर ब्यवस्थित गर्ने पक्षमा रहेको अध्यक्ष पुनले बतनउनु भएको छ ।

घरेलु मदिरा प्रयोग गरि समाजमा विग्रह, अशान्ति, समाजमा आतंक सृजना गर्ने गतिविधि भइरहेकाले यस्तो अवस्थाको अन्त्य गर्नका लागि पनि घरेलु मधिरा नियन्त्रण गर्नु परेको अध्यक्ष पुनले बताउनु भयो । घरेलु मदिरा सेवनले स्वास्थ्यमा असर गर्नुका साथै पैसा र समयको समेत बर्बाद हुने भएकाले सभ्य समाज निमार्ण गर्नका लागि अनिवार्य घरेलु मदिरा नियन्त्रण गर्नु आवश्यक रहेको पुनले प्रतिकृया दिनु भएको छ ।

असोज २० गते देखि लागु हुने गरि हरेक टोल बस्तिमा सुचना प्रवाह गर्ने, सहयोगका लागि आम रुन्टीवासीहरुलाई आग्रह गर्ने, निरिक्षण, अनुगमन गर्ने र गाउँपालिकाको निर्णय अवमुल्यन गरे प्रहरी प्रशासनसंग समन्वय गरि कानूनी कार्वाही सम्म गरिने अध्यक्ष पुनले जानकारी दिनु भएको छ ।

सभ्य, शान्त, म¥यादित र रुन्टीवासीको स्वास्थ्यका लागि रुन्टीगढी गाउँपालिकाले थालेको घरेलु मदिरा नियन्त्रण तथा न्यूनिकरण अभियानमा गाउँपालिका भित्र क्रियाशिल सम्पुर्ण राजनीतिकदल, टोल विकाश सस्था, विभिन्न भातृ एवं सुभेच्छुक संघ संगठनहरु, आमा समुह, युवा क्लव, युवा समुह, किशोर किशोरी समुह, संचारमाध्यम लगायतलाई गाउँपालिकाका अध्यक्ष पुनले सहयोगका लागि आग्रह समेत गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्