रोल्पा अस्पतालको आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०८०, शुक्रबार
4 Min Read
Aa

मालश्री खबर असोज १२ गते, रोल्पा

रोल्पा अस्पताल रेउघा रोल्पाद्धारा आर्थिक बर्ष २०७९/०८० मा सञ्चालित स्वास्थ्य सेवाहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी बुधबार सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यको प्रमुख आतिथ्यता र रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तिमगरको बिशिष्ट आथिथ्यतामा गोष्ठी सम्मपन्न भएको रोल्पा अस्पताल रेउघाले जानकारी दिएको छ ।

रोल्पा अस्पताल रेउघा रोल्पाले आर्थिक बर्ष २०७९/०८० मा अस्पताल बाट सञ्चालित भएका सेवा प्रबाहको अवस्था र प्रगतिको बारेमा रोल्पा अस्पताल रेउघा रोल्पाकी निमिक्त सुपेरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले एक प्रस्तुती मार्फत जानकारी गराउनु भएको थियो ।अस्पतालमा जनशक्तिको अभाब भएपनि अस्पतालमा रहेको अहिलेको ६० प्रतिशत जनशक्तिले अस्पतालको नियमित सेवाहरु सञ्चालन गर्नु पर्ने बाध्यता रहेको बताउनु भएको थियो ।

अस्पतालमा जनशक्ति अभाब भए पनि आएका सबै सेवाग्राहीहरुलाई दिन रात नभनि २४ घण्टा सकेजति राम्रो सेवा दिइराखेको समेत बताउनु भएको छ । अस्पतालमा भएको जति दरबन्दी पुरा गर्नको लागी अहिलेको अवस्थामा अस्पतालको प्रयासले मात्र नहुने भएको हुनाले त्यसको लागी जिल्लाको नेतृत्वले नै पहल कदमी चाल्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रमको खुल्ला छलफमा बोल्ने नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा एमालेका घनश्याम आचार्य, नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा रोल्पाका सभापती डीबी घर्तिमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, निबर्तमान अध्यक्ष महेश न्यौपाने, बर्तमान सचिव लोकेन्द्र चन्द, पत्रकार दिनेश सुबेदी लगाएतले अस्पतालको सेवामा थप सुधार गर्नु पर्ने केहि सल्लाह सुझाब दिएको बताइएको छ ।

अस्पतालमा अहिले पनि डाक्टरहरुको ठुलो संख्यामा अभाब भएको बताँउदै, दरबन्दी अनुसारको थप डाक्टर र अन्य स्वास्थ्यकर्मिहरु लिनको लागी सबैले आफ्नो क्षेत्र बाट महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताएको छन् ।

चिकित्सकहरु संघ आम नागरिकको ठुला बिश्वास र भर भएको हुनाले बिरामिको उपचारमा कुनै पनि प्रकारको त्यस्तो लापरबाही नर्गन सुझाब समेत दिएका छन् । पछिल्लो समय रोल्पा अस्पताल बाट रिफर भएर बाहिर पठाएका बिरामिहरुमा यँहाको र बिहिरको रिपोर्ट फरक परेको केहि नागरिकहरु बाट गुनासो आएको, निशुल्क पाइनु पर्ने सबै प्रकारको औषधीहरु नपाईएको, जिल्लामा स्वास्थ्य बिमा गरेको बिरामिहरु बाहिर जादा अनावश्य केहि प्रक्रिया झन्झटिलो भएको भन्दै केहि नागरिक बाट आएको गुनासो साचो भए त्यसो नगर्न पनि चिकित्सक एंव स्वास्थ्य कर्मिहरुलाई कार्यक्रममा बोल्ने ब्यक्तिहरुले सुझाब दिएका छन् ।

कार्यक्रममा उठेका जिज्ञासा प्रशनहरुको जवाफ अस्पताल विकास बार्डका अध्यक्ष फबिन्द्र आचाय, रोल्पा अस्पताल रेउघा रोल्पाकी निमिक्त सुपरिटेन्डेन्ट लोकरत्ना ज्ञवाली, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदी र स्वास्थ्य बिमा बोर्ड रोल्पाका जिल्ला संयोजक सागर पौडेलले मेटाउनु भएको थियो । जिज्ञासा मेटाउने क्रममा उनिहरुले अहिले एउटै चिकित्सक बाट एकै दिनमा संयौ बिरामिहरु हेर्नु पर्ने बाध्यता भएको कारण पनि नागरिकहरु बाट आएका केहि गुनासोहरु साचो हुन सक्ने बताएका छन् । अहिलेको सिमित स्रोत साधनको अधिक्तम प्रयोग गरेर नागरिकहरुको सेवालाई आगामी दिनमा थप प्रभाबकारी बनाएर अगाडी बढ्ने समेत बताएको छन् । कति पय नागरिक स्तर बाट आएका गुनासोहरुको समाधान गर्नको लागी आफ्नो पहल र प्रयास बाट मात्र नहुने भएको हुनाले त्यसको लागी जिल्लाको नेतृत्वनै अघि लाग्नु पर्ने सुझाब दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत डोर बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगाएतले पनि मनतव्य राख्नु भएको थियो ।

 

कार्यक्रममा बटुकदल गण रोल्पाका प्रमुख सेनानी बिके सिंह बिश्वकर्मा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार सारुमगर, ससत्र प्रहरी बल रोल्पाका प्रहरी नायव उपरिक्षक बिष्णुदत्त अवस्थी, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर लगाएको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरपारेर रोल्पा अस्पताल रेउघा रोल्पाद्धारा आर्थिक बर्ष २०७९/०८० मा सर्बोउत्कृष्ट दुई जना कर्मचारी अस्पतालका ल्याव टेक्निसियन निरीक्षक हंसराज केसि र कार्यालय सहयोगी रत्न बहादुर महरालाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

रोल्पा अस्पताल विकास बार्डका अध्यक्ष फबिन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण रोल्पा अस्पताल रेउघाका लेखापाल मोतिराज न्यौपानेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्