Ad image

जिल्लाका दुई कार्यालयले गरे आ.ब. २०८०/०८१ को बार्षिक कार्यक्रम सार्वजनिक

मालश्री खबर
मालश्री खबर ९ आश्विन २०८०, मंगलवार
7 Min Read
Aa

मालश्री खबर असोज  ९ गते, रोल्पा 

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रम लिबाङमा मंगलबार सम्पन्न भएको छ ।

 

- Advertisement -
Ad image

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम सयुक्त रुपमा गरिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरको अध्यक्षतामा भएको र्काक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो ।

आर्थिक बर्ष २०८०/०८१ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा बाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरको बारेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले जानकारी गराउनु भएको थियो ।

यो आर्थिक बर्ष २०८०/०८१ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पामा कुल बजेत ४ करोड ९३ लाख १६ हजार रहेको बताइएको छ ।

गत आर्थिक बर्ष २०७९/०८० मा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले बार्षिक बित्तिय प्रगति ७९.६३ र भारित प्रगति ९१.१९ प्रतिशत उपलब्धी हासिल गरेको समेत कार्यालय प्रमुख न्यौपानेले बताउनु भएको छ ।

आगामी आर्थिक बर्षको कार्यक्रमहरु सार्वजनिकीकरण गर्दै कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले आफ्नो कार्यालयमा सिमित बजेतको स्रोत भए पनि आम रोल्पाली नागरिकहरुको माग र समस्यालाई समाधान हुने खालको कार्यक्रमहरु भएको बताउनु भएको छ ।

सोही कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पामा डाक्टर प्रतिभा थापामगरले रेबिज रोग भनेको केहो, यो रोग कसरी लाग्छ, यो रोग बाट बच्नको लागी के गर्नु पर्छ र रेबिज रोग पशुपंक्षी बाट मानिसमा कसरी सर्न सक्छ भनेर जानकारी समेत गराउनु भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा भू तथा जलाधार व्यवस्थापन कार्यालय रोेल्पा बाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरको बारेमा भू तथा जलाधार व्यवस्थापन कार्यालय रोेल्पाका कार्यालय प्रमुख रोर्वट महराले जानकारी गराउनु भएको थियो ।
यो आर्थिक बर्ष २०८०/०८१ मा भू तथा जलाधार व्यवस्थापन कार्यालय रोेल्पामा कुल बजेट ३ करोड १८ लाख ९१ हजार रहेको बताइएको छ ।

गत आर्थिक बर्षमा २०७९/०८० मा भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाले बार्षिक पुँजीगत प्रगति तर्फ ९९.४८ प्रतिशत र चालुगत प्रगति तर्फ ६३.६७ प्रतिशत गरि कार्यालयको बार्षिक कुल बित्तिय प्रगति ९५.६७ प्रतिशत उपलब्धी हासिल गरेको समेत कार्यालय प्रमुख महराले बताउनु भएको छ ।

आफ्नो कार्यालयले निती, कार्यक्रम तथा योजना बनाउदा नागरिकहरुको आवश्यक माग र कार्यालय प्रति रोल्पाली जनताको आशा अपेक्षा अनुरुपनै तयार गरेको महराले बताउनु भएको छ ।

जनताको माग र उपेक्षा धेरै भए पनि कार्यालय सँग भएको सिमीत आर्थिक स्रोतलाई अधिक्तम रोल्पाली नागरिकहरुको आशालाई निरासा नबनाउने गरि आफ्नो कार्यालयले आगामी आर्थिक बर्षको लागी कार्यक्रम तथा योजनाहरु तयार गरेको बताउनु भएको छ ।
गत आर्थिक बर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय रोेल्पाले पुँजीगत प्रगति तर्फ ९९. ४८ प्रतिशत र चालगत प्रगति तर्फ ९५.६७ प्रतिशत उपलब्धी हासिल गरेको समेत कार्यालय प्रमुख महराले बताउनु भएको छ ।

कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रममा सहभागिता जनाउनु भएको अतिथिको रुपमा जनाउनु भएको सुनछहरी गाँउपालिका अध्यक्ष धन बहादुर पुन, सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकी, माडी गाँउपालिका अध्यक्ष अम्मरसिंह घर्ति, परिबर्तन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढामगर, रुन्टिगढी गाँउपालिका उपाध्यक्ष सरिता केसि, नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा एमालेका प्रतिनिधी घनश्याम आचार्य, नेपाल कम्युनिष्ट पाटीका टिकाराम नेपाली स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर, निबर्तमान अध्यक्ष मानसिंह बिश्वकर्मा लगाएतले भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाले सार्वजनिक गरेको अगामि आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक कार्यक्रमको बारेमा सल्लाह सुझाब दिनु भएको थियो ।

सल्लाह सुझाब दिने क्रममा उँहाहरुले रोल्पाली जनता र कृषकहरुको प्रत्यक्ष जिबन स्तर माथि उठ्ने र स्वरोजगार बनाउने खालका योजना तथा कार्यक्रमहरु लिएर नागरिकहरुको जिबन स्तर माथि उठाउनमा दुबै कार्यालयले महत्वपर्ण भुमिका खेल्नु पर्ने बताएका छन् ।

जिल्लामा रहेका कतिपए कार्यालयहरुमा पँहुचको आधारमा योजना तथा अनुदान प्रदाद भैइरहेको भन्ने नागरिकहरुको जनगुनासो आएको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाले भुलेर पनि त्यसो नगर्न सुझाब दिएका छन् ।

जहिले पनि काम गर्दा बढी भन्दा बढी प्रतिफल र रिजल्ट आउने काम गर्न सके मात्र सिमित आर्थिक स्रोत बाट नागरिकहरुको धेरै समस्याहरु समाधान गर्न सकिने भएको हुनाले स्रोत कम भयो भनेर चुप लागेर नबसी नागरिकको मुख्य समस्याहरु पहिचान गरेर अगाडी बढ्नको लागी समेत सुझाब दिएको थिए ।

कार्यक्रममा उठेका प्रशन एंव जिज्ञासाहरु मेटाउने क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपाने र भू तथा जलाधार व्यवस्थापन कार्यालय रोेल्पाका कार्यालय प्रमुख रोर्वट महराले आफु र आफ्नो कार्यालय कसैको दबाबमा परेर भन्दा पनि रोल्पाली नागरीहरुको माग र आवश्यकताको आधारमा योजना तथा कार्यक्रमहरु निमार्ण गरेर अघि बढ्ने बताउनु भएको छ ।

अहिले पनि कृषकको उत्पादनले भने जस्तो बजार नपाउने जिल्लाको भौगोलिक हिसाबले पनि नागरिकहरुले ठुलो सास्ती बेहोर्नु पने समस्या भएको हुनाले त्यस्तो समस्या समाधान गर्नको लागी सबै लाग्नु पर्ने कार्यालय प्रमुख न्यौपाने र महराले बताउनु भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाको सयुक्त रुपमा भएको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रममा जिल्ला बिभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रमुख प्रतिनिधी, जिल्ला स्थित चार वटै सुरक्षा निकाएका प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, जिल्लामा क्रियाशिल पत्रकार, उद्योगि व्यावसायी, आम नागरिक लगाएतको आतिथ्यता हुनुका साथै सहभागिता रहेको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेको स्वागत मनतव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोवर्ट महराले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array