Ad image

रोल्पा अस्पताल रेउघामा बायोमेडिकल डिपार्टमेन्टको स्थापना

मालश्री खबर
मालश्री खबर ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर असोज ८ गते, रोल्पा ।

रोल्पा अस्पताल रेउघामा बायोमेडिकल डिपार्टमेन्टको स्थापना गरीएको छ । आइतबार निक साइमन ईनिस्टच्यटसँगको सहकार्यमा उत्त डिपार्टमेन्टको स्थापना गरीएको रोल्पा अस्पताल रेउघाका सुपरीटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले बताउनु भएको छ । बायोमेडिकल डिपार्टमेन्टको काम गर्नको लागि डिपार्टमेन्ट इन्चार्जको रुपमा बायोमेडिकल टेक्निसिय कन्चन चौधरी रहनु भएको छ ।


बायोमेडिकल डिपार्टमेन्ट स्थापना भएसंगै अब अस्पतालमा भएका विभिन्न उपकरण तथा प्रविधिसंग जोडिएका स्वास्थ्य सेवा नियमित प्रबाह हुने ज्ञवालीले बताउनु भएको छ । डाक्टर ज्ञवालीका अनुसार अस्पतालमा भएका विभिन्न उपकरणहरु बिग्रिएमा मर्मत सम्भारको लागि सहज हुने छ ।

अस्पतालले यस्तो प्रविधि भित्राउन लामो समय देखि प्रयास गरीरहेको थियो । सो प्रविधि अस्पतालमा भित्रिएपछि अस्पताल परिवारले काठमान्डौबाट खटिएको इन्जिनियर शलोमी पौडेलको टोलिलाई रोल्पा अस्पताल रेउघाका सुपरीटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले धन्यवाद समेत दिनु भएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array