मालश्री खबर असोज ८ गते, रोल्पा ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले आज जिल्ला स्थित पत्रकारहरु सँग अन्तर्रक्रिया तथा भेटघाट गर्नु भएको छ । केहि समय अगाडी मात्र कुखुरा बिकास कार्यक्रम खजुरा बाँके बाट भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पामा कार्यालय प्रमुखको रुपमा सरुवा भएर आउनु भएको थियो ।
आफु भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पामा कार्यालय प्रमुखको रुपमा आएपछि रोल्पामा हाल सम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले रोल्पाली कृषक र जनताहरुको लागी खेल्दै आएको भुमिकालाई अगामी दिनमा कसरी थप प्रभाबकारी बनाउन सकिन्छ भन्ने उदेश्यले आफुले जिल्लामा क्रियाशिल पत्रकारहरु सँग अन्तर्रक्रिया तथा भेटघाट गरेको कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले बताउनु भएको छ ।
रोल्पालीहरुको पहिलो आय आर्जनको पेशा कृषि पेशा अन्तरर्गत पशुपंक्षी पालन व्यावसाय भए पनि परम्परागत तरिका बाट व्यावसाय संचालन गर्दा यस बाट लिनु पर्ने प्रतिफल लिन नसकेको बताउनु भएको छ ।
व्यावसाय संचालन सँगै त्यस संग जोडीएका कुराहरुलाई राम्रो सँग ध्यान दिन सकेमा पशुपंक्षी पालन व्यावसाय बाट कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने बताउनु भयो ।
व्यवस्थित पालन पोषण, समयमा नस्ल सुधार, औषधी उपचार, समस समयमा खोपको व्यबस्थापन, बजारीकरण आदीको राम्रो ध्यान दिएर पशुपंक्षी व्यावसाय संचालन गर्न सकेमा कृषकले त्यस बाट राम्रो प्रतिफल लिन सकिने बताउनु भयो ।
अहिले पनि करिब ७५ देखि ८० प्रतिशत रोगहरु पशुपंक्षी बाटै मानिसमा सर्ने भएको हुनाले यस्ता प्रकारको सरुवा रोगहरु बाट आफु बच्नको लागी पुशुपंक्षी पालक कृषकहरु सर्तक हुनु पर्ने कृषकहरुलाई सुझाब समेत दिनु भएको छ । आफुले पालेको पुशुपंक्षी स्वस्थ हुन सकेन भने त्यस बाट प्रतिफल लिने परको कुरा भयो यदि रोगी पुशुपंक्षी पालियो भने आफु पनि रोगी हुन सक्ने प्रबल सम्भाबना हुने समेत बताउनु भएको छ ।
त्यसको लागी अहिले कृषकहरुको माग अनुसार राज्यले सेवा दिन नसकेको कुरा स्विकार गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले आफु यस जिल्ला रहदा सम्म सिमित श्रोत साधन भए पनि कृषकको समस्या हल गर्नको लागी आफु र आफ्नो कार्यालय हरेक समय कृषकको साथमा रहेर काम समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अन्तर्रक्रिया तथा भेटघाट कार्यक्रममा सहभागि पत्रकारहरुले कार्यालय प्रमुखले पत्रकारहरु सँग अन्तर्रक्रिया तथा भेटघाट गर्ने अवसर प्रदान गरेको भन्दै कार्यालय प्रमुख न्यौपानेलाई धन्यवाद दिएका थिए ।
कार्यालय प्रमुखलाई सुझाब दिने क्रममा पत्रकाहरुले अधिकांस रोल्पालीहरु पशुपंक्षी पाल व्यावसायमा संलग्न भएको हुनाले अब भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले रोल्पालीहरुको प्रत्यक्ष आर्थिक स्तर सुधार गर्ने खालको निती कार्यक्रम लिएर काम गर्न सुझाब दिएका छन् । त्यसको लागी प्रत्यक्ष कृषकको घरमा गएर सेवा दिने खालको कार्यक्रम हुनु पर्नेमा कार्यक्रममा सहभागि पत्रकारहरुको सुझाब रहेको थियो । अनुदान बितरण गर्दा बास्तबिक कृषक पहिचान गरेर दिनु पर्ने र कार्यक्रम दुब्लिकेशन हुन बाट रोग्नको लागी सजग हुन समेत कार्यालय प्रमुख न्यौपानेलाइ सुझाब दिएका थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेको अध्यक्षतामा भएको अन्तर्रक्रिया तथा भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, निबर्तमान अध्यक्षहरु महेश न्यौपाने र मानसिंह बिश्वकर्मा, पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर, बर्तमान उपाध्यक्ष खुबिनासुनारी मगर, सचिब लोकेन्द्र चन्द, निबर्तमान उपाध्यक्ष देबिकुमारी गुरुङ लगाएत जिल्लामा क्रियाशिल बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका सुचना अधिकारी गिर बहादुर घर्तिमगरले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्