Ad image

रोल्पा उद्योग बाणिज्य संघको २० औँ वार्षिक साधारण सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर असोज ८ गते, रोल्पा ।
रोल्पा उद्योग बाणिज्य संघको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रोल्पा उद्योग बाणिज्य संघको आफ्नै सभाहलमा आइतबार उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा राल्पा उद्योग वाणिज्इ संघको वार्षिक प्रगती प्रतिवेदन रोल्पा उद्योग वाणिज्य संघका महा–सचिव कमल घर्तिमगरले पेश गर्नु भएको थियो । कार्यक्रमा रोल्पा उद्योग वाणिज्य संघको गत आर्थिक वर्ष २०७९–८० र ७९–८०को आर्थिक प्रतिवेदन रोल्पा उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्ता आचार्यले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अतिथीहरुले मतव्य राख्दै रोल्पा उद्योग वाणिज्य संघले जिल्लाको व्यापारीक क्षेत्रलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै सम्पुर्ण व्यवसायीहरुलाई करको दायरामा ल्याउन आग्रह गरेका छन् । जिल्लामा हुने सम्पुर्ण व्यवसायको प्रत्यक्ष निगरानी गर्ने जिम्मा रोल्पा उद्योग वाणिज्यसंघ भएको भन्दै आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध हुनुपर्ने बताएका छन् ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचर्यको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य रहनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको विशिष्ट अतिथीमा लुम्बिनी प्रदेश सभा सदस्य मिना खड्का र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा रहनु भएको थियो । कार्यक्रममा विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधि, रोल्पा जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोल्पा उद्योग वाणिज्यसंघका सचिव साजन थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array