Ad image

नेपाल सांस्कृतीक महासंघ त्रिबेणी गाँउपालिकाको प्रथम अधिबेशन सम्पन्न

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर असोज ६ गते, रोल्पा ।
नेपाल सास्कृतीक महासंघ त्रिबेणी गाँउपालिकाको प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ ।अधिबेशनले १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको सभापतिमा जगदिश खड्का चयन भएका छन् । गाम्मी घर्ति र देविका बुढाथोकी उपसभापतिमा चयन भएका छन् । सचिबमा एलिना पुन, सहसचिवमा कोमल विका र कोषाध्यक्षमा रुपलाल खड्का रहेका छन् । अन्य सदस्यहरुमा शिवराज विक, लक्ष्मी योगी, तेजा योगी, हिमा खड्का, कमान घर्ति र दिपेन्द्र घर्ति रहेका छन् ।

नेपाल सांस्कृतीक महासंघ रोल्पाका जिल्ला सदस्य एवम् त्रिवेणी गाउँपालिका अधिवेशन संयोजक झगबहादुर पुनको अध्यक्षतामा सुरुभएको अधिवेशनको संचालन सान्तराम वि.क.ले गर्नुभएको थियो । जिल्ला सदस्य लिलाधर खड्काको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस रोल्पका जिल्ला सदस्य आशा पुन रहनु भएको थियो । विशिष्ट अतिथीमा नेपाली कांग्रेस क्षेत्र नम्बर ख का सदस्य बालराम डाँगी रहनु भएको थियो । अतिथीमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य चन्द्रा पुन, नेपाल सास्कृतिक महासंघ रोल्पाका सभापति सागरबाबु पुन, तरुन दल रोल्पका केन्द्रिय सदस्य लालकुमारी वली, नेविसंघका जिल्ला सदस्य गणेश खड्का लगाएत रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array