Ad image

स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट त्रिवेणी गाउँपालिका

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

अमृत वली
मालश्री खबर, असोज ६ गते रोल्पा ।

स्वास्थ्य क्षेत्रमा गरेको कामको आधारमा त्रिवेणी गाउँपालिका उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा रोल्पा जिल्लाका १० वटा पालिकामध्ये स्थानीय तहबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरूको मुख्य मुख्य सूचकका आधारमा विश्लेषण तथा मूल्यांकन गर्दा जिल्लाभरका स्थानीय तहहरू मध्ये त्रिवेणी गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताउनुभयो ।

खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकका आधारमा त्रिवेणी गाउँपालिका उत्कृष्ट घोषित भएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । यस्तै, जिल्लाको रोल्पा नगरपालिका दोस्रो, थवाङ गाउँपालिका तेस्रो र रुन्टिगढि गाउँपालिका चौथो भएको छ । उत्कृष्ट भएका पालिकालाई जिल्ला संमन्वय समिति रोल्पा प्रमुख सीता आचार्यले कदर पत्र हस्तान्तरण गर्नुभएको हो ।

गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य कार्यक्रम गरेको कामको मुल्यांकन गर्न जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत विशाल सुवेदीलको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीले उत्कृष्टता घोषणा गरेको हो ।

- Advertisement -
Ad image

जिल्लामा संचालित प्रमुख जनस्वास्थ्यका कार्यक्रम समेटी विभिन्न १६ वटा सूचकलाई आधार बनाएर कामको आधारमा प्राप्त गरेको अंकलाई मान्यता दिँदै १० वटै पालिकाको क्रम निर्धारण गरिएको हो। जसअनुसार, पाँचौँमा लुङ्ग्रि गाउँपालिका, छैठौँमा सुनिल स्मृति गाउँपालिका, सातौँमा परिवर्तन गाउँपालिका, आठौँमा सुनछहरी गाउँपालिका, नवौँमा माडी गाउँपालिका र अन्तिममा गंगादेव गाउँपालिका रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९÷ ०८० मा रोल्पा जिल्लाका स्थानीय तह मातहत सम्पादित स्वास्थ्य कार्यक्रमहरूको मुख्य मुख्य सूचकका आधारमा विश्लेषण तथा मूल्यांकन गर्दा जिल्लाभरका स्वास्थ्य संस्थाहरू मध्ये उत्कृष्ट कार्य गर्ने स्वास्थ्य चौकीहरुमा त्रिवेणी गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकि प्रथम , थवाङ गाउँपालिकाको थवाङ स्वास्थ्य चौकी दोस्रो र सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र तेस्रो भएको छ, भने उक्त स्वास्थ्य चौकी प्रमुखहरुलाई पनि कदर पत्र र दोसहल्लाले सम्मान गरिएको हो ।

कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए। वार्षिक समीक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतीलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array