Ad image

रोल्पा अस्पतालमा गर्भवतीहरुका लागी निशुल्क भिडियो एक्स-रे (ANOMALY SCAN) सेवा प्रदान

मालश्री खबर
मालश्री खबर ५ आश्विन २०८०, शुक्रबार
4 Min Read
Aa

मालश्री खबर, असोज ५ गते  रोल्पा 

रोल्पा अस्पताल रेउघा रोल्पाको आयोजना र निदान अल्ट्रासाउण्ड बुटवलको सहयोगमा पुर्ब नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर एंव लुम्बिनी प्रादेशिक अस्पतालका पुर्ब प्रमुख डाक्टर राजेन्द्र प्रसाद खनालले निशुल्क भोलेन्टरी सेवा दिएको रोल्पा अस्पताल रेउघा रोल्पाकी मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले जानकारी दिनु भएको छ ।


गर्भवती अवस्थामा आमाको गर्भ भित्र रहेको शिशुको अवस्था कस्तो छ भने बच्चा जन्मनु भन्दा पहिलेनै पत्ता लगाउनको लागी यस्तो प्रकारको परिक्षण गरिएको डाक्टर ज्ञवालीले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

आमा गर्भवती भएको १२ हप्ता देखि २६ हप्ता सम्मको सयममा एनाटोमी स्क्यान वा विसंगति स्क्यान मार्फत सजिल्यै बच्चाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन सकिने बताइएको छ । गर्भमा छदै शिशुको सबै अवस्था पहिले नै बुझ्न सकियो भने शिशु र आमाको अकालमै ज्यान जान बाट बचाउन सकिने डाक्टरको भनाई रहेको छ । गर्भमै शिशु धेरैै बिकलाङ्क भएको अवस्थामा नेपालको कानूनले दिए अनुसार उसलाई पहिले नै व्यवस्थापन गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

- Advertisement -
Ad image

गर्भमा रहको बच्चाको अवस्था सामान्य छ वा बिकलाङ्क छ भने पहिले नै जानकारी हुने बताउँदै डाक्टर ज्ञवालीले यस्तो प्रकारको सेवा सबै गर्भवती आमाहरुको लागी अति आवश्यक रहेको बताउनु भएको छ ।

हाल सम्म रोल्पा अस्पताल रेउघा रोल्पामा गर्भवती आमाको पेट भित्र रहेको बच्चाको एनाटोमी स्क्यान वा विसंगति स्क्यान गरेर शिशुको अवस्था थाहा पाउनको लागी जिल्ला बाहिर दाङ, बुटवल, नेपालगञ्ज जानु पर्ने बाध्यता रहेको थियो ।

गर्भको शिशुको एनाटोमी स्क्यान वा विसंगति स्क्यान गर्नको लागी जिल्ला बाहिर जादा हजारौं रुपैया खर्च हुनुका साथै गर्भवती आमाको त्यतिकै दुःख हुने गरेको थियो ।
त्यसको अन्त्य गर्नको लागी आफुले पहल गरेर कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टरलाई रोल्पा अस्पतालमै लिएर सेवा दिएको रोल्पा अस्पताल रेउघा रोल्पाकी मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले बताउनु भएको छ ।

रोल्पा अस्पतालमा आज मात्र २८ जना गर्भवती आमाहरुको एनाटोमी स्क्यान वा विसंगति स्क्यान गरिएको छ । आज एनाटोमी स्क्यान वा विसंगति स्क्यान गरिएको २८ जना गर्भवती आमाहरु मध्य २७ जना आमाहरुको गर्भमा रहेको शिशुको अवस्था सामान्य रहेको र एक जना गर्भवती आमाको गर्भमा रहेको शिशुको केहि समस्या देखिएको अस्पताल स्रोतले बताएको छ ।

डाक्टरले भोलेन्टरी सहयोग गर्दा रोल्पालीहरुको लागी यो ठुलो अवसर भएको कुरा बताउदै रोल्पा अस्पताल रेउघा रोल्पाकी मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले आगामी दिनहरुमा रोल्पाली गर्भवती आमाहरुको अति आवश्यक भएको बताउनु भएको छ ।

त्यसको लागी निशुल्क रोल्पा सम्म आउने डाक्टर सधै नपाइने भएको हुनाले आगामी दिनहरुमा पनि डाक्टर ल्याउनको लागी जिल्लाका सबै स्थानिय सरकार र रोल्पा अस्पतालले पनि आर्थिक व्यवस्थापनको लागी पहल गर्न सकियो भने यसरी बेलाबेलामा रोल्पामा कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर लिएर यस्तो प्रकारको सेवा दिन सकिने समेत डाक्टर ज्ञवालीले बताउनु भएको छ ।

निशुल्क भोलेन्टरी रुपमा रोल्पालीहरुको सेवा गर्नको लागगी रोल्पा पुग्नु भएको डाक्टर पुर्ब नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर एंव लुम्बिनी प्रादेशिक अस्पतालका पुर्ब प्रमुख डाक्टर राजेन्द्र प्रसाद खनालले रोल्पा आएर रोल्पालीको सेवा गर्न पाँउदा आफु साह्रै खुशि भएको बताउनु भएको छ ।

“उँहाले भन्नु भयो रोल्पा आएको मेरो पहिलो यात्रा हो, रोल्पा मैले सोचे भन्दा धेरै फरक पाए, फेरि रोल्पालीको सेवा गर्नको लागी जिल्लाको अझ दुर्गम गाँउमा पुग्ने गरि आउने इच्छा आफु सँग भएको बताउनु भएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

Array