Ad image

रोल्पामा भिरबाट लडेर एक जनाको ज्यान गयो

मालश्री खबर
मालश्री खबर ३ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, असाेज ३ गते रोल्पा 
रोल्पामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा परिबर्तन गाँउपालिका वडा न. ३ केवरीकि बर्ष २८ कि रबिना डाँगी रहको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

बिहानै घर नजिकै परिबर्तन गाँउपालिका वडा न. ६ को लुपाभिर चिल बस्ने भिरमा श्रीमान सँग घास काट्न गएकी डाँगीको बिहान करिब पौने १० बजेको समयमा घाँस काट्ने क्रममा लडेर करिब ५ सय मिटर तल पुगेर गम्भिर घाइटे भएकी थिइन ।

स्थानियको सहयोगमा उद्धार गरेर उनलाई उपचारको लागी रोल्पा अस्पताल रेउघा लिउने क्रममा बोटोमै ज्यान गएको प्रहरीले बताएको छ । अहिले उनेको सबलाई पोष्र्टमाटमको लागी रोल्पा अस्पताल रेउघामा राखिएको बताइएको छ । मृतक डाँगीको १० महिनाको छोरा भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array