Ad image

संविधान दिवसको अवसरमा लिबाङमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम

मालश्री खबर
मालश्री खबर ३ आश्विन २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, असाेज ३ गते रोल्पा 

९ औं संविधान दिवसको अवसरमा रोल्पाको लिबाङमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संविधान दिवस जिल्ला मुल समारोह समितिको आयोजानमा ¥याली सहित लिबाङ बजार परिक्रमा गरिएको हो ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यको अध्यक्षतामा सुरु भएको औपचारीक कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति रहनु भएको थियो ।

- Advertisement -
Ad image

औपचारिक कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले संविधान भनेको सबै निकायको साझा भएकोले सबै पक्षका आम जानताको कर्तव्य भएको बताउनुभयो । अबको समय चिन्तन ममन गर्ने भएकोले सबै पक्षका व्यक्तत्वको जिम्बेवार र नगरपालिकले आयोजान गरेको कार्यक्रममा उपस्थित हुनु कर्तव्य भएको बताउनुभयो । नेपाली जनताको त्याग तपस्यबाट आएको संविधान रक्षा गर्नु सबैको दाईत्व भएकाले चानचुने तरिकाले आएको जस्तो गरेर खेलासी नगर्न अनुरोध गर्नुभयो । संविधानलाई अबमुल्याकन गरिरहनेहरु, संघियता बिरोधीहरुबाटसबै जनता सचेत रहन बताउनुभयो ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यले नेपालको संविधान निर्माण भएको जम्मा ८ बर्ष पुरा भएकोले अझै पनि बच्चा रहेकोले संरक्षण गर्नु सबैको दाईत्व रहेको बताउनुभयो । संविधानको बारेम सामाजिक संजालमा भएको टिकाटिप्पनी र संघियता बिरोधी बाट सविधानको संरक्षण गर्ने बेला आएको बताउनुभयो ।

जिल्ला सबै राजनैतिक दलको तर्फ बाट बोल्दै नेपाली कांग्रेस रोल्पाका सभापती किशोर कुमार आचार्याले नेपालको संविधान नेपाली जनताका प्रतिनिधिहरुबाट लेखिएको यो संविधान नेपाली जनताको मुल उपलब्धी भएको बताउनुभयो । संविधान लेखिएको गर्भ गर्ने बिषय भएपनी सबैको आ–आफ्नो ठाउँबाट कमिकमजोरी भएकोमा स्विकार्नु पर्ने र संघियता निर्माण गरेता पनि कार्यान्वयनको पक्षमा अझै जान नसक्नु दुःखद पक्ष भएको बताउनु भएको छ । रोल्पा लगायत देशैभरी शिक्षा, स्वास्थ्य, रोजगारी जस्तो पक्षमा व्यापक जनगुनासो भएकोले नितिनिर्माणमा बस्ने सबैको ९ औं संविधान दिवसबाट सतबुद्धी पलाएको हेर्न चाहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रोल्पाक अध्यक्ष नविन लोचन मगरले संविधान भनेको नेपाली जनताको साझा बिषय भएकोले सभा, ¥याली गर्दा सबै निकायका व्यक्तिहरुको उपस्थित हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा मात्र सिमित नभई आम जानताहरुको सहभागीतालाई एकिकृत गरेर दिवस मनाएको भए अझै प्रभाबकारी हुने भनाई राख्नुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रममा जिल्लाका क्रियाशिल बिभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधी, जिल्ला स्थित तिन वटै सुरक्षा निकायको प्रमुख, विभिन्न समुहहरु, कर्मचारी, पत्रकार, आम सर्बसाधारण लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन रोल्पा नगरपालिकाका प्रसासकिय अधिकृत सुदिप डाँगीले गर्नुभएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array