Ad image

परिबर्तन –६ मा तीज विशेष कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/असाेज २ गते रोल्पा 

तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका–६ साविकको इरिबाङ एक ओह रोल्पाले आयोजना गरेको तिज कार्यक्रम सोमबार दिव्य ज्योति आधारभूत विद्यालयको प्राङ्गणमा सोमबार सम्पन्न भएको हो ।


नेपाली महिलाहरुको महान चार्डपर्व हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । गोमानसिङ बुढा मगरको अध्यक्षतामा भएको तिज विशेष कार्यक्रममा परिवर्तन गाउँपालिका–६ का वडा सदस्य अर्जुन बुढा मगरको प्रमुख आतिथ्यता र परिवर्तन गाउँपालिका–६ का वडा सदस्य ओमसरा बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो।नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष भुपेन्द्र बुढा मगर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका वडा न. ६ का वडा उपसभापति कविराज बुढा मगर, ओह टोल विकास संस्थाका कोषाध्यक्ष रत्न बहादुर बुढा मगर,नेपाल राष्ट्रिय मावि तालाबाङका शिक्षक नर बहादुर बुढा मगर,नेपाल राष्ट्रिय मावि कोल्बोट नाफेका शिक्षक उमेश पुन मगर, नेपाल राष्ट्रिय मावि कोल्बोट नाफेका लेखापाल भरत पुन मगर,आधारभूत स्वास्थ्य इकाई केन्द्र कोहल्बोट नाफेमा कार्यरत अनमी समिता बुढा मगर र बुद्धिजीवी डम्बर बहादुर बुढा मगर लगायतको आतिथ्यता रहेको थियो।जीत विशेष कार्यक्रममा किशोरी समूहलाई प्रतिस्पर्धा समेत गराइएको थियो भने कार्यक्रममा ६ वटा किशोरी समूहले सहभागी जनाएका थिए ।

जसमा प्रथम भट्टे धुरी युवा समूह थानेकोट किशोरी समूह भएको छ, भने नगद ३ हजार पुरस्कार प्राप्त गरेको छ । द्वितीय श्री दिव्य ज्योति आधारभूत विद्यालयमा अध्ययनरत बालिका समूह भएको छ, भने नगद २ हजार पुरस्कार प्राप्त गरेको छ । तृतीय सानो बस्ती युवा समूहको किशोरी समूह भएको भने नगर १ हजार पुरस्कार प्राप्त गरेको छ । सान्त्वना साँहुडेरा किशोरी समूह भएको भने नगर ७ सय पुरस्कार प्राप्त गरेको छ । पुरस्कार वितरण र अबिर ल्याप्न कार्यक्रमको प्रमुख अतिथी र विशिष्ट अतिथीले गरेका थिए।तीज विशेष कार्यक्रमको सञ्चालन प्रकाश पुन मगरले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array