Ad image

अन्तर्राष्ट्रि तेक्वान्दो प्रतियोगिता २०२३ मा बिजेता र सहभागि खेलाडीलाई सम्मान गरियो

मालश्री खबर
मालश्री खबर २ आश्विन २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, असाेज २ गते रोल्पा 

११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रि तेक्वान्दो प्रतियोगितामा २०२३ मा बिजेता भएका र सहभागी तेक्वान्दो खेलाडीहरुलाई आज लिबाङमा सम्मान गरिएको छ ।


“स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ रोल्पा जिल्ला तेक्वान्दो संघ रोल्पाको आयोजनामा ११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रि तेक्वान्दो प्रतियोगितामा २०२३ मा बिजेता भएका र सहभागी तेक्वान्दो खेलाडीहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यको प्रमुख आतिथ्यतामा र तेक्वान्दो संघ लुम्बिनी प्रदेशका सदस्य लोकेन्द्र सेनको बिशेष आतिथ्यतामा सम्मान कार्यक्रम गरिएको बताइएको छ ।

रोल्पा जिल्ला तेक्वान्दो संघ रोल्पाका अध्यक्ष हेमन्त कुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, बालकल्याण नमुना माद्यामिक बिद्यालय लिबाङ रोल्पाका खेलकुद शिक्षक दिपक परियार लगाएको आतिथ्यता रहको थियो ।

- Advertisement -
Ad image

११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रि तेक्वान्दो प्रतियोगितामा २०२३ मा रोल्पा जिल्ला बाट बिभिन्न तौल समुहका जम्मा १५ खेलाडीहरुको सहभागिता जनाएका थिए । जुनियर ४६ केजि तौल समुहकी गंगा बुढामगरले तृतीय स्थान हासिल गरेको रोल्पा जिल्ला तेक्वान्दो संघ रोल्पाका अध्यक्ष हेमन्त कुमार खत्रीले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख सिता आचार्यले खेल “स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” मात्र होइन राष्ट्रको गौरव र गहनाको रुपमा भएको बताउनु भएको छ ।

रोल्पा जस्तो दुर्गम क्षेत्रमा जहा स्रोत साधनको अभाबै अभाबको बिच बाट पनि अन्तर्राष्ट्रिय स्तरको खेलमा स्तरको खेलमा सहभागिता जनाउनु नै रोल्पालीहरुको लागी ठुलो कुरो भएको बताउनु भएको छ । रोल्पालीले सहभागिता मात्र जनाएन अन्तर्राष्ट्रिय स्तरको खेलमा तृतीय स्थान हासिल गर्नु आफैमा रोल्पालीहरुको शिर ठाडो बनाउने अत्यन्तै ठुलो गर्भको कुरा भएको हुनाले अब सबैले रोल्पाको हरेक खेल क्षेत्रको बिकासमा लाग्न आग्रह गर्नु भएको छ ।

जिल्ला समन्वय समिती बिकास बाड्ने बिकासे अड्डा नभएको हुनाले रोल्पा जिल्लाको खेल क्षेत्रको थप पुर्वाधार बिकास गर्नको लागी जिल्लाका सबै स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार सँग पहल गर्ने समेत बताउनु भएको छ ।

कार्यक्रमलाई समापन गर्ने क्रममा रोल्पा जिल्ला तेक्वान्दो संघ रोल्पाका अध्यक्ष हेमन्त कुमार खत्रीले अहिले पनि खेलाडीहरु आफ्नै लगानीमा खेल खेल्न जानु पर्ने बाध्यता भएको गुनासो गर्नु भएको छ । यदि राज्यले समयमै खलाडीहरु सहि ढंग बाट हेरेर त्यहि अनुसारको सेवा सुबिधा दिन सकेन भने कुनै समय खोजेर पनि नपाउन दिन आउन सक्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय रेफ्री दिनेश बुढामगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन रोल्पा जिल्ला तेक्वान्दो संघ रोल्पाका सहसचिव दिलिप परियारले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array