लोकेन्द्र चन्द / असोज १ गते रोल्पा
रोल्पामा पहिलो पटक गाडी व्यावसायिहरुलाई टाइक कार्ड र गाडी चालक, सहचालक र परिचालकहरुलाई पोशाक बितरण गरिएको छ । सोमबार रोल्पा जलजला यातायात प्रालिको आयोजना टाइम कार्ड र ड्रेस बितरण गरिएको रोल्पा जलजला यातायात प्रालि रोल्पाका कार्यालय प्रमुख डिल्लीराज आचार्यले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।
नेपाल यातायात महासंघका केन्द्रिय उपाध्यक्ष एंव रोल्पा जलजला यातायात प्रालि रोल्पाका संस्थापक अध्यक्ष हालका सल्लाहकार पुष्पा श्रेष्ठको प्रमुख आतिथ्यता र साहेक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाको बिशिष्ट आथिथ्यतामा कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।
टाइम कार्ड र ड्रेस बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात महासंघका केन्द्रिय उपाध्यक्ष एंव रोल्पा जलजला यातायात प्रालि रोल्पाका संस्थापक अध्यक्ष हालका सल्लाहकार पुष्पा श्रेष्ठले हिजोको यातायातको व्यवस्था र आजको यातायातको व्यवस्थामा धेरै परिवर्तन भएको बताउनुभएको छ । यातायात व्यवसायीहरु प्रति महिलालाई हेर्ने दृष्टिकोण फरक भएको महिलाहरु यातायात व्यवसायी हुन सक्दैनन भन्ने भावना अरुमा भएको बताउनुभयो । चालकले ड्रेस लगाएर मात्र नियमको पालना नहुने कुरा बताउदै नियमको पालना गरी मदिराको सेवन नगरेर सवारी साधन सञ्चालन गर्न आग्रह गर्नुभयो । टाइम कार्ड अनुसार आफ्नो नियम पालना गरी चल्नको लागि सबै व्यासायीहरुलाई आग्रह समेत गर्नुभयो । नियम बनाउन राम्रो कुरा हो तर त्यसको कार्यन्वयण चाहीँ विशेष कुरा भएकोले त्यसको कार्यन्यणको लागि आग्रह गर्नुभयो । गाडीमा सवार सम्पुर्ण अपाङ्गता, वृद्धवृद्धा, महिला, बालबालिका लगाएतलाई ख्याल राखी सबैलाई समान व्यवहार गर्न आग्रह गर्नुभयो । प्रहरी प्रशासनको अगाडीमात्र नियम पालना गरेको जस्तो नगरी सबै ठाउँमा जुनसुकै समयमा पनि नियम पालन गर्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।
सोहि कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि साहेक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाले चालकहरुले गाडी कति समय चलाउदा उपयुक्त हुन्छ भन्ने मापन नहुदा पनि सवारी साधनको दुर्घटना भएको बताउदै टाइम कार्ड लागु गर्नाले यसको मापन हुने बताउनुभयो । टाइमकार्ड साधन नभई साध्य भएको बताउदै त्यसलाई पालना गरेर अगाडी बढ्नुपर्ने कुरालाई जोड दिनुभयो । नियम कार्यान्वयण भएको कुनै दिन सम्म मात्र नियममा चल्ने त्यस पश्चात नियमलाई नियमित रुपमा पालना नगर्ने गर्दा यसको खासै महत्व नहुने बताउदै, यसलाई कार्यन्वयन गरेर लैजान आग्रह समेत गर्नुभयो । नियमको पालन गर्नको लागि कुनै एक पक्षले मात्र पालना गरेर सफल नहुने बताउदै, ट्राफिक प्रहरी,प्रसासन यातायात व्यावसायी लगाएत सरोकारवाला सबैलाई नियम पालना गर्न आग्रह गर्नुभयो । यो नियम जिवन रक्षाको कुरा भएकोले कुनैपनि समयमा जस्तो सुकै परिस्थितीमा पनि समस्या उत्पन्न भएमा प्रशासनमा सम्पर्क गर्न समेत सबैलाई आग्रह गर्न भएको छ ।
जिल्लामा पछिल्लो समय तिब्र गतिमा सवारीका साधन गुडाउदा दुर्घटना बढेको र गाडीमा चालक सहचालकले असामान्य व्यवहार गरेको भन्ने आम जन गुनासो र प्रहरी प्रसासण, ट्राफिक प्रहरी लगाएत अन्य सरोकार पक्षको अध्यन अनुगमन पछि जिल्ला प्रसासन सँगको समन्वयमा यातायात व्यावसायिहरुलाई टाइम कार्ड र गाडी चालक र सहचालकलाई ड्रेस बितरण गरिएको रोल्पा जलजला यातायात प्रालिका इन्चार्ज यज्ञश्वर आचार्यले बताउनु भएको छ ।
अब टाइम कार्ड र ड्रेस भए पछि तिब्र गतिका कारण हुने सवारी दुर्घटनामा कमि आउने र चालक, सहचालक र परिचालकहरु बाट यात्रुहरु सँग हुने असामान्य व्यवहारमा पनि परिबर्तन हुने इन्चार्ज आचार्यले बताउनु भएको छ ।
असोज एक गते आज देखि यातायात व्यावसायिहरुलाई टाइम कार्ड र चालक, सहचालक र परिचालकहरुलाई डे«स लागु गर्ने प्रसासन सँगको सहमति अनुसार रोल्पा जलजला यातायात प्रालिमा आवद्ध चालक, सहचालक र परिचालक गरि १ सय ५० जनालाई ड्रेस बितरण गरेर लागु गरेको समेत रोल्पा जलजला यातायात प्रालिका इन्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनु भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक देबिराम भण्डारी, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, निबर्तमान अध्यक्ष मानसिंह बिक, रोल्पा जलजला यातायात प्रालि रोल्पाका प्रेस सल्लाहकार लोकेन्द्र चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी हवल्दार नबिन भण्डारी, जिल्लामा रहेका अन्य यातायात प्रालिका पदाधिकारी, सदस्यहरुको पनि कार्यक्रममा सहभागिता हरेको थियो ।
सोहि कार्यक्रमको अवसर पारेर हिमताल यातायात प्रालिले पनि आफ्नो यातायात प्रालिमा रहेका केहि यातायात व्यावसायि, गाडी चालक, सहचालक र परिचालकहरुलाई टाइम कार्ड र ड्रेस बितरण गरेको हिमताल यातायात प्रालिका अध्यक्ष सफल बुढामगरले बताउनु भएको छ ।
रोल्पा जलजला यातायात प्रालि रोल्पाका बरिष्ठ उपाध्यक्ष संकर बिष्टको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मनतव्य प्रालिका महासचिव बरमान बुढाले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रालिका कर्मचारी लोकेन्द्र सेनले गर्नुको थियो ।
प्रतिक्रिया दिनुहोस्