Ad image

तीज मनाउने शैलीमा परिवर्तन, मौलिकता हराउदै, खर्चिलो बन्दै तीज

मालश्री खबर
मालश्री खबर ३१ भाद्र २०८०, आईतवार
5 Min Read
Aa

भरत विश्वकर्मा/मालश्री खबर,
भाद्र ३१ गते रोल्पा ।।

परम्परागत रूपमा पहिलेदेखि नै मनाइदै आइरहेको हिन्दु नेपाली नारीहरूको महान चाडका रूपमा तीज पर्वलाई लिने गरिन्छ । तीज पर्वको सामाजिक र धार्मिक रूपमा पनि बढी महत्व मान्ने गरिन्छ । माइती र चेलीको बिचको ममत्वपूर्ण सम्बन्धको रूपमा पनि तीजलाई जोडिने गरिन्छ विशेष गरि विवाह गरेर गएकी चेलीहरूको लागि तीज पर्वको विशेष महत्व रहने गर्दछ । पहिलेको समयमा वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइतीले लिन आएन भने मनमा ठुलो खाडल उत्पन्न हुने गर्दथ्यो ।

तर अहिलेको तीज त्यस्तो नरहेको पाइन्छ । पराईको घरमा गएका चेलीले माइतको घरमा पुग्दा मनमा खुसी महसुश गरि एक आपसमा विवाह गरेपछि आफूले भोगेका पिडा, दुख, माइती र चेलीको कथालाई गीत बनाएर गाउँने प्रतिष्प्रदा हुन्थ्यो । वर्ष दिनमा आएको तीजमा उता माइती पक्षले चेली लिन नआउदा त्यसकारणले मनमा उत्पन्न भएको पिडालाई पनि एकआपसमा गीत बनाएर गाउने गरिन्थ्यो । तीजमा पस्चिमेली संस्कृतिका हाबी भएको पाइन्छ । समयको परिवर्तन सँगसँगै तीज पर्व मनाउने शैलीमा धेरै परिवर्तन भएको अधिकारकर्मीहरू बताउछन ।

हिन्दु नारीहरूको महान चाडको रूपमा मनाउदै आएको तीज पर्व खासमा विगत वर्षहरूमा महिलाहरू वर्षभरीका आफ्ना दुख, पिर, वेदनाका भावनाहरू प्रकट गर्ने एउटा विशेष अवसरको रूपमा लिइन्थ्यो । वर्षौ भरी आफ्नो घरको काममा व्यष्ट भएको अवस्थामा माइत गएर दरको रूपमा मिठो मसिनो खाने माइतीहरूसँग भेटघाट गर्ने, एकआपसमा फरक फरक घरमा विवाह गरेर गएका चेलीहरूसँग भेटघाटले गर्दा दिदीबहिनीहरू आफ्नो दुख सुख साटासाट गर्न पाउने गरिन्थयो । साथै एकआपसमा नाच्ने, गाउने, गीतको माध्यमबाट आफ्ना दुख पिरका साथै आफ्ना संस्कार, संस्कृति लाई जोगाउनको लागि सन्देश प्रवाह गर्ने चाड थियो तीज । तर अहिले तीज मनाउने शैलीमा धेरै नै परिवर्तन भएको रोल्पाका अधिकारकर्मी श्रीकुमारी घर्तिमगर बताउनुहुन्छ ।

- Advertisement -
Ad image

’पहिले गीतहरू गाउँदा पनि आफ्नै स्वरमा मादल, बाँसुरी लगाएतका बाजाहरु बजाएर नाच्ने गाउँने गरिन्थयो’ तर्र अहिले पछिल्लो चरणमा डेग तथा साउण्ड स्टमका चर्को आवाजमा नाच्ने, एक निश्चित समयमा मात्र नाचगान नगरी, रातभरी नाचगान गर्ने, छरछिमेकमा होहल्ला मच्चाउने, महीनौ अगाडी देखि होटेल, पाटी, प्यालेसहरूमा गएर नाचगान गर्ने र दरखाने प्रचलन हाबी भएको छ’ उहाँले थप्नुभयो । तीज पर्व मनाउने नाममा भित्रिएको यस्तो संस्कृतिले आयस्रोत भएका व्यक्तिहरूको लागि त त्यति धेरै समस्या नहुनसक्छ तर निम्न आयस्रोत भएका परिवारहरूको लागि कुनै पनि चाड पर्व मनाउन आर्थिक रूपले गाह्रो हुने अवस्था आएको छ’ उहाँले बताउनुभयो । ’एक परिवारको चाडपर्व मनाउने शैली र अर्काे परिवारको चाड पर्व मनाउने शैलीले गर्दा परिवार भित्रनै ठुलो वितृष्णा पैद हुन्छ ।’, उहाँले थप्नुभयो ।

पहिलेको समयमा दरखाने बेला गाउँघरमै उत्पादित खिर, केरा, स्याउँ लगाएतका फलफूलका परिकार खाएर रमाइलो गरिन्थ्यो ।, भने अहिलको समयमा चाहिँ दर खानेको नाममा मदिरजन्य पदार्थको सेवन गरेर दरखाने प्रचलनले विकृति निम्त्याएको भन्न सकिन्छ । यसलाई चाहिँ न्यूनीकरण गर्न जरुरी छ । यदी यसरी नै तीज लगाएतका अन्य पर्वहरूलाई मनाउने हो, भने अबको पुष्टामा कुनैपनि पर्व मनाउनमा थप विकृति निम्तिन सक्छ ।, पछिल्लो समय तीज मात्र नभई कुनै पनि चाडपर्व महँगो र द्वन्द्व निम्टाउने खालको भएको सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाले भन्नुभयो ।

’वर्त बस्नको लागि तीजको अघिल्लो दिनमा गरिने भोजनलाई नै दर भनिन्छ, तर समयको परिवर्तन सँगै दर खाने समयपनि परिवर्तन भएको पाइन्छ । समय अनुसार चल्नु स्वभाविककै हो, तर तीज आउनुको महीनौ दिन अगाडी देखि दर खाने र रमाइलो गर्ने प्रचलन हाबी भएको पाइन्छ । तीज मनाउने परम्परामा परिवर्तन हुदा अबको कुनै पनि चाडपर्व हुदा खाने परिवारको लागि होइन हुनेखाने परिवारहरूको लागि हो भन्न सकिन्छ ।’ उहाँले थप्नुभयो ।

’समाजमा कुनै संघसंस्थाले समाजको लागि राम्रा काम गरिरहेका छन, तर पछिल्लो समय ति संघ संस्थाहरूले पनि यो परम्परामा बाझिन बाध्य भएको अवस्था रहेका छन ।’ उहाँले थप्नुभयो । एक संस्थाले गर्दा अर्काे संस्थाले किन गरेन भन्ने कुरा आउने भएको कारण पनि कुनै संघ संस्था वा संगठनले आफ्नो संगठनलाई अगाडी बढाउन वा परिचित हुनका लागि विभिन्न खालका तीज विशेष कार्यक्रम भनि आयोजना गरेको देखिन्छ, उहाँले थप्नुभयो ।

अहिले प्रायजसो चाडपर्वलाई हेर्दा चाडपर्व मनाउने क्रममा पारिवारिक रूपमा पनि समस्या आउने र घरमा पनि खर्च अन्याधीन बढने, संस्कार संरक्षणको नाममा विकृतिहरू फैलाउने खालको देखिन्छ । यदि यसरी नै चाडपर्वहरू मनाउदै जानेहो भने पछिल्लो समयमा हाम्रा नेपाली संस्कृति, भेषभूषा, रीतिरिवाज कस्तो रहला ? हाम्रा नेपाली संस्कार, संस्कृति, भेषभूषा, चालचलन, रीतिरिवाज, लाई आउदा पुस्ताहरूलाई कस्ले हस्तान्तरण गर्ने ?

प्रतिक्रिया दिनुहोस्

Array