Ad image

जिप्रका रोल्पामा रहेको बिष्फोटक पदार्थ नष्ट गरियो

मालश्री खबर
मालश्री खबर ३१ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, भाद्र ३१ गते रोल्पा ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा रहेको म्याद गुर्जिएको बिष्फोटक पदार्थ नष्ट गरिएको छ । जिल्लामा बिभिन्न समयमा बेवारिसे अवस्थामा फेला परेको र जिल्ला प्रहरी कार्यालय रोल्पामा रहेको म्याद गुर्जिएको बिष्फोटक पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।


बिष्फोटक पदार्थ शनिबार दिउँसो नेपाली सेनाको फायरिङ रेन्च स्थित बटुकदल गण सुरक्षा पोष्ट खुमेल रोल्पाको क्षेत्र भित्र पर्ने रोल्पा न.पा. वडा नं. ३ खुमेल स्थित फायरिङ रेन्चमा बर्निङ्ग र डेमोलिशन विधिबाट सुरक्षित साथ निष्कृय गरिएको रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षम श्याम कुमार सारुमगरले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

बिष्फोटक पदार्थ काली भक्ति गण ई भैरहवा ब्यारेक रुपन्देहीबाट खटि आउनु भएका मेजर एलुङहाङ राईको कमाण्डमा रहेको ६ जना नेपाली सेनाको टोली नष्ट गरिएको बताइएको छ ।

बिष्फोटक पदार्थ नष्ट गर्दा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालयका रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार सारुमगर, रोल्पा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष राजु पुरी र पत्रकार, सुरक्षाकर्मि लगाएतको उपस्थिती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रबत्ता प्रहरी निरिक्षक रामनारायण गुप्ताले बताउनु भएको छ ।

- Advertisement -
Ad image

धेरै लामो समय देखि रहेको म्याद गुर्जिएको बिष्फोटक पदार्थ अत्यन्तै जोखिम अबस्थामा रहको थियो, जुनसुकै समयमा पनि बिष्फोटक भएर ठुलो मानवीय क्षती हुन सक्ने भएको हुनाले आफुहरु सँग रहेको बिष्फोटक पदार्थ नष्ट गर्न परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार सारुमगरले बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array