Ad image

नेपाली काँग्रेस रोल्पा नगरपालिका ८ जंकोटको वडा सम्मेलन सम्पन्न

मालश्री खबर
मालश्री खबर ३१ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र ३१ गते रोल्पा ।

नेपाली काँग्रेस रोल्पा नगरपालिका वडा ८ जंकोट रोल्पाको वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टीको ६/६ महिनामा वडा सम्मेलन हुनुपर्ने विधान अनुसार नेपाली काँग्रेस जंकोटले पनि वडा सम्मेलन सम्पन्न गरेको नेपाली काँग्रेस रोल्पा नगरपालिका ८ जंकोट रोल्पाले मालश्री खबरलाई जानकारी दिएको छ ।

वडा सभापति नन्द प्रकाश वलीको अध्यक्षमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य शंक बहादुर छन्त्याल रहनुभएको बताइएको छ ।

- Advertisement -
Ad image

वडा सम्मेलनबाट पार्टीलाई क्रियाशील र सक्रिय बनाउन लाग्नुपर्ने, नेपाली काँग्रेस पार्टीको टोल समिति गठन गर्नुपर्ने लगाएतका निर्णयहरु भएको नेपाली काँग्रेस रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोटका वडा सभापति नन्द प्रकाश वलीले जानकारी दिनुभयो ।

वडा सम्मेलनबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पार्टी परित्याग गरि अन्य पार्टीमा प्रवेश गरेका दुई जना नेपाली काँग्रेसका क्रियाशील सदस्यहरू हिमाल वली र कमानसिङ डाँगी पुनः नेपाली काँग्रेसमा पाटीमा प्रवेश गरेको गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधिहरू, नेपाली काँग्रेस नगरपालिका सदस्यहरु, विभिन्न भातृ एंम शुभेच्छुक संघ संगठनका प्रमुख प्रतिनिधी, नेपाली काँग्रेस वडा कार्यसमितिका पदाधिकारी सदस्य लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array