Ad image

पाटी बलियो हुनको लागी भातृ तथा शुभेच्छुक संघ संगठन चलायमान हुनु पर्छ पुर्ब सहायक मन्त्री बुढामगर

मालश्री खबर
मालश्री खबर ३० भाद्र २०८०, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/ भाद्र ३० गते,  रोल्पा 
नेपाली कांग्रेस परिवर्तन गाउँपालिका कार्यसमितिले शनिबार आयोजना गरेको पहिलो पालिका सम्मेलनमा विशिष्ट अतिथीका रुपमा पुग्नु भएका पूर्व सहायक राज्यमन्त्री भिम कुमारी बुढा मगरले पाटीलाई बलियो बनाउनको लागी परिवर्तन गाउँपालिकामा भातृ तथा शुभेच्छुक संघ संगठनलाई चलायमान र सशक्त ढंगले अगाडि बढाउनुपर्ने कुरा बताउनु भएकोे छ ।


पाटीको महिला संघ, तरुण दल, शिक्षक संघ र नेविसंघलाई संगठन गरी परिवर्तन गाउँपालिकामा चलायमान गराउन सकियो भने मात्र नेपाली कांग्रेस मजबुत बन्ने बताउनु भयो ।
परिवर्तन गाउँपालिकाको दुईवटा वडा जित्दैमा कांग्रेस राम्रो भयो भन्नु नहुने बताउदै अबको चुनावमा थप अन्य वडामा नेपाली कांग्रेस र पालिकामा निर्वाचित हुन सकियो भने मात्र नेपाली कांग्रेस बलियो भएको महशुस हुने बताउनु भयो ।

नेपाली कांग्रेस भनेको विशाल घर भएकोले अन्य घर छोडेर आउने कार्यकर्तालाई पनि स्वागत गर्नुपर्ने बताउनु भएको छ । अन्य पार्टीबाट अप्ठ्यारो परेर आएका कार्यकर्तालाई आफ्नो विशाल घरमा आश्रय दिन सकेमात्र नेपाली कांग्रेसलाई थप सहयोग हुने बताउनुभयो।जब मान्छे कम्युनिस्ट सिद्धान्तमा जान्छ नि तब मानिसको चेत हराउँछ भनेको अहिले त्यस्तै भएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array