Ad image

नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको सम्मेलन भदौ ३० गते पुतलाचौरमा हुदै

मालश्री खबर
मालश्री खबर २९ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, भदौ २९ रोल्पा /

नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको आयोजनामा पालिका सम्मेलन हुने भएको छ । भदौ ३० गते (शनिबार) नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सम्मेलन हुन लागेको नेपाली कांग्रेस परिबर्तन गाँउपालीकाले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन आउन लाग्नु भएको आयोजकले रेडियो मालश्रीलाई जानकारी दिएको छ । उक्त भेलालाई सम्बोधन गर्नको लागी नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती लगाएत जिल्ला स्तरका अन्य नेताहरु पनि आउने बताइएको छ ।

हामीले नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सम्मेलन गर्न लागेका छौँ– नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खडक घर्ती मगरले भन्नु भयो ।

- Advertisement -
Ad image

कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति ज्यु आउँदै हुनुहुन्छ–उनले भने।फेरि घर्तीले थप्दै भन्नुभयो–कार्यक्रम परिवर्तन गाउँपालिकाको सभाह्ल पुतलाचौरमा बिहान ११ बजेदेखि हुँदै छ–मैले सबै नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका कार्यसमितिका पदाधिकारी,वडाका सभापति,नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका जनप्रतिनिधि,नेपाली कांग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संघका प्रमुख लगायत सदस्यहरु,नेपाली कांग्रेस परिवर्तन गाउँपालिकामा आवद्ध क्रियाशिल सदस्यहरु र साधरण सदस्यहरुलाई पालिका सम्मेलनमा उपस्थित हुनको लागी सबैलाई आग्रह गर्नु भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती पुनको भाद्र ३० गते शनिबार बिहान १० बजे माडी गाउँपालिका–२ घर्तीगाउँमा नेपाली कांग्रेस माडी गाउँपालिकाका कार्यकर्ताहरु भेट्ने कार्यक्रम रहेको समेत सभापति पुनको सचिवालयले जानकारी दिएको छ ।

त्यसपछि ११ बजे परिवर्तन गाउँपालिका नेपाली कांग्रेसले आयोजना गरेको पालिका सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै भदौ ३१ गते आइतबारका दिन थबाङ गाउँपालिका–३ मिरुल जायमा रहेको एक क्लबकोे खेलकुद कार्यक्रमलाई बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति रोल्पाका सदस्य सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array