रोल्पाका ट्राफिक प्रहरी प्रमुख शाही, यातायात व्यावसायिहरुसंग खुलेयाम पैसा माग्दै

मालश्री खबर
मालश्री खबर २८ भाद्र २०८०, बिहीबार
4 Min Read
Aa

मालश्री खबर, भाद्र २८ गते रोल्पा ।
रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इन्चार्ज प्रहरी साहायक निरिक्षक दिलबहादुर शाहीले यातायात व्यावसायिहरुबाट खुलेयाम पैसा मागेको खुलेको छ । शाहीले आफु बस्दै आएको व्यक्तिगत कोठा भाँडा तिर्न भन्दै जिल्लामा रहेका यातायात व्यावसायिहरुसँग पैसा माग्दै आएको नाम उल्लेख नगर्ने सर्तमा एक यातायात व्यावसायिले बताएका छन् ।

ति यातायात व्यावसायिका अनुसार ट्राफिक प्रहरी कार्यालय रोल्पाका इन्चार्ज प्रहरी साहायक निरिक्षक दिलबहादुर शाहीले जतिखेर पनि अनावश्यक रुपमा पैसा मागेर सताउने गरेको गुनासो गरे । “ट्राफिक प्रहरी इन्चार्ज प्रहरी साहायक निरिक्षक दिलबहादुर शाही आफै आएर पैसा माग्नु हुन्छ, हामिले अहिले सम्म पैसा दिएका छैनौं, हामिले पैंसा दिन नमाने पछि हिजो आज ट्राफिक इन्चार्ज शाहिले हामी यातायात व्यावसायिहरुलाई पैसा नदिएकै कारण अनावश्यक दुःख दिन सुरु गरेका छन्”, यातायात व्यावसायिहरुले मालश्री खबरलाई गुनासो गरे ।

नाम नबताउने एक यातायात व्यावसायिका अनुसार पहिले दैनिक एउटा गाडीबाट एक टिपको २५ रुपैया छुट्याएर हरेक महिना एउटा यातायात प्रालिबाट कम्तिमा २ हजार देखि ५ हजार सम्म पैंसा दिने गरेको समेत उनले खुलासा गरे ।

“अहिलेका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारुमगर जिल्लामा आए पछि हामिले ट्राफिक प्रहरीलाई पैसा दिएको छैनौं, उँहाहरुले अनावश्य पैंसा यातायात व्यावसायिहले दिनु भयो भने हामि पैंसा दिने यातायात व्यावसायिलाई जेल हाल्छौ”, भन्नु भएको छ, त्यसैले पनि अहिले ट्राफिक प्रहरीलाई यातायात व्यावसायिहरुले पैसा दिनु परेको छैन्, हामिलाई सजिलो भएको छ एक ब्यवसायिले भने । अहिलेको प्रमुख जिल्ला अधिकारी घिमिरे र जिल्ला प्रहरी प्रमुख सारुमगरले यातायात क्षेत्रको सुधारको लागि राम्रै काम गर्न खोज्नु भएको छ । त्यसैले हामि जिल्लामा रहेका सबै यातायात व्यावसायिहरुले उँहाहरुलाई सहयोग गरि राखेका छौं, पहिले भन्दा अहिले यातायात क्षेत्रमा देखिएका केहि कमि कमजोरीलाई सुधार गर्दै गैइरहेका छौ, तर जिल्लामा रहेको ट्राफिक प्रहरीका प्रमुखले नै आफुहरुलाई अनावश्यक तनाव दिने गरेको यातायात व्यावसायिहरुले मालश्री खबरलाई गुनासो गरेका छन् ।

यस बिषयमा रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारुमगरले ट्राफिक प्रहरी इन्चार्जको यस्तो प्रकारको धेरै गुनासो आएको बताउनु भएको छ । गुनासो धेरै आए पछि अहिले ट्राफिक प्रहरी इन्चार्जलाई छानबिन गरि राखेको रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारुमगरले मालश्री खबरलाई बताउनु भएको छ ।

ट्राफिक प्रहरीको लागि जिल्ला प्रहरी कार्यालयको हाताभित्र नै कार्यालय रहेको छ । अन्य ट्राफिक प्रहरीहरु भित्रै मिलेर बसि रहेका छन् तर आफु रोल्पा आउनु भन्दा पहिले देखि नै ट्राफिक प्रहरी इन्चार्जहरु बाहिर बसिरहेको आफुले जानकारी पाएको सारुमगरले जानकारी दिनु भयो । ट्राफिक प्रहरी इन्चार्जको लागि पनि मिलेर बस्न जिप्रका भित्रै व्यवस्था रहेको छ, कोही बाहिर आफु खुशि कोठा लिएर बसि हाल्यो भने त्यसको सबै जिम्मा उसैले लिनु पर्ने समेत प्रहरी प्रमुख डिएसपी सारुमगरले बताउनु भयो ।

यस अघि पनि भाद्र ७ गते बिहीबार दिउँसो ४ः३० बजेको समयमा सदरमुकाम लिबाङ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमै रहेको चन्द्रमा होटलमा केहि स्थानिय ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख, प्रहरी साहायक निरिक्षक दिल बहादुर शाहि लगाएत केहि प्रहरीहरुले स्थानिय ब्यक्तिहरुसँग तास खेलिरहेको गोप्य सुचना पाए पछि उनिहरुलाई पक्राउ गर्नका लागि प्रहरीको टोली तास खेलिरहेको होटलमा पुगेको थियो, तर पक्राउ गर्न खटाएको प्रहरीको टोलीले पक्राउ नगरि फर्किएको थियो । किन प्रकाउ नगरी फर्किएको भनि जिल्लाका प्रहरी अधिकारीले बुझ्दा, पक्राउ गर्न भनि खटिएको प्रहरीको टोलीले तास होइन लुदो खेलेको भनि जवाफ दिएका थिए । पक्राउ गर्न गएको प्रहरीको टोलीले आफुहरुलाई ढोका दिएको जिल्लाका एक सुरक्षा अधिकारले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएका थिए । उता होटल संचालकले भने तास खेलेको कुरा साचो भएको आफुसँग बताएको जिल्लाका एक अधिकारीलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्