Ad image

तरुणदल रोल्पाको पहलमा रोल्पा अस्पतालले थप एक जना डाक्टर पायो

मालश्री खबर
मालश्री खबर २७ भाद्र २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, भाद्र २७ गते रोल्पा ।

विगत केही समय यता देखि डाक्टरको अभाव झेल्दै आएको रोल्पा अस्पताल रेउघामा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले बुधबार एक जना मेडिकल अधिकृत पठाउने भएको छ ।

रोल्पा अस्पतालमा डाक्टर अभाब भएको समाचार चारै तिर बाहिरिए पछि, नेपाली काँग्रेस रोल्पाका पुर्व महाधिवेशन प्रतिनिधि तथा रोल्पा नगरपालिका १० का निर्वतमान वडा अध्यक्ष मान बहादुर खत्री, नेपाल तरुणदल रोल्पाका जिल्ला अध्यक्ष पशुपति घर्तिमगर र नेपाल तरुणदल क्षेत्र न २ का क्षेत्रीय अध्यक्ष तिरजपति बुढामगर डाक्टरको खोजीमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय पुगेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल सँगको समन्वयमा रोल्पा अस्पताल रेउघा रोल्पामा थप एक जना डाक्टर स्वास्थ्य मन्त्रालयले पठाएको नेपाल तरुणदल क्षेत्र न २ का क्षेत्रीय अध्यक्ष तिरजपति बुढामगरले मालश्री खबरलाई बताउनु भएको छ ।

- Advertisement -
Ad image

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मिती २०८० साल भाद्र २७ गते रोल्पा अस्पताल रेउघाको लागि ऋषभ गौतमलाई कामकाजको लागि खटाइएको पत्र सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीद्वारा हस्ताक्षरित पत्रमा डाक्टर गौतमलाई असोज १ गते आइतबार देखि कामकाजमा खटीने गरी रोल्पा अस्पताल रेउघामा हाजिर हुन भनिएको छ ।

रोल्पा अस्पताल रेउघा रोल्पामा पछिल्लो समय हुनु पर्ने आवश्यक डाक्टरको जनशक्ति नहुँदा बिरामीहरुको उपचारमा ठुलो समस्या पर्दै आइरहेको छ । अस्पतालमा कार्यरत केहि डाक्टरहरु जागिर छाडेर गए भने केहि डाक्टर सरुवा भएर गए पछि अस्पतालले अहिले डाक्टरहरुको अभाव झेल्दै आएको छ ।

रोल्पा अस्पतालमा एक जना मेसु र अन्य डाक्टर दश जना गरी जम्मा ११ जना डाक्टरको दरबन्दी भए पनि अहिले नेपाल सरकारको दरबन्दीको एक जना निमित्त मेसु मात्र भएको बताइएको छ ।

अस्पतालमा एक जना डाक्टर थपिए संगै अब रोल्पा अस्पताल रेउघामा डाक्टरको संख्या ५ पुगेको छ । अझै ६ जनाको दरबन्दी खाली रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

२०६१ सालमा स्थापित १५ शैयाको अस्पतालमा अहिले २५ शैयाको सेवा प्रवाह भइरहेको छ । २० वर्ष अघि १५ शैयाका लागि स्वीकृत दरबन्दीले नै सेवा दिनुपर्ने बाध्यता छ । अस्पतालमा नवौं तहको मेडिकल सुपरिटेन्डेन्को दरबन्दी भए पनि लामो समयदेखि आठौ तहको निमित्तकै भरमा अस्पतालको सेवा सञ्चालन भइरहेको छ ।

रोल्पा अस्पताल रेउघामा सेवा लिन रोल्पा तथा रुकुम पश्चिम, रुकुम पूर्वका साथै प्युठान बाट बिरामी आउने गरेका छन् । दुई दशक अघि १५ शैया बाट सेवा सुरु गरेको रोल्पा अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अहिले २५ शैयाको बेड सञ्चालन गरिरहेको अस्पताल प्रसासनले जानकारी दिएको छ । अहिले नँया बनेको भवन बाट सेवा सञ्चालन गर्न सकेमा बिशेषज्ञ सेवा सहितको ५० शैयाको अस्पताल सञ्चालनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array