Ad image

गत आर्थिक वर्षमा रोल्पामा सवारी दुर्घटनाबाट १८ जनाको मृत्यु : १५२ घाइते

मालश्री खबर
मालश्री खबर २७ भाद्र २०८०, बुधबार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर भाद्र २७ गते, रोल्पा ।

गत आर्थिक वर्ष २०७९/०८० मा रोल्पामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या १८ जना रहेकाे छ । जिल्लामा घाइतेको संख्या भने १ सय ५२ जना रहेको छ । राजमार्ग अवरोध हटाउने तथा सडक दुर्घटना न्यूनिगरण सम्बन्धी जिल्ला स्तरीय समन्वय समितिको बैठकमा बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक देवीराम भण्डारीले उत्त तथ्यांक प्रस्तुत गर्नु भएको हो ।

सो आर्थिक वर्षमा नेपाल भर २३ हजार ५ सय ७९ वटा सवारी दुघर्टना भएका छन् भने जिल्लामा सवारी दुर्घटनाको संख्या ७२ रहेको छ । रोल्पामा ८ टेम्पो, ३१ मोटरसाईकल, ५ बस, १६ वटा कार, जीप, भ्यान, ट्रक २ वटा, टिप्पर ४, ट्क्टर १० र एम्बुलेन्स २ वटा गरी ७८ वटा सवारी साधनहरु दुर्घटना भएका हुन् । जिल्लामा सबै भन्दा बढी मोटोरसाईकल दुर्घटनामा परेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ५ हजार ७ सय ४१ सवारी चालकहरु सवारी नियम उलंघन गरेकाले ट्राफिक कारबाहीमा परेका छन् । यो अवधिमा ३३ लाख ६४ हजार ट्राफिक कारबाहीबाट राजश्व संकलन भएको छ ।

- Advertisement -
Ad image

नेपालको समग्र सवारी दुर्घटनाको अवस्था, ट्राफिक व्यवस्थापनमा संलग्न निकाय, रोल्पा जिल्लाको सवारी दुर्घटनाको अवस्था, जिल्लामा सवारी कारवाही तथा राजश्वको अवस्था, टाईम कार्डको प्रयोग, सवारी चालकको पोेशाक प्रयोग गर्ने र स्वीकृति भन्दा बढी सिट हटाउने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक देविराम भण्डारीले प्रतुती गर्नु भएको थियो ।

प्रहरी निरीक्षक भण्डारीले शहिद मार्ग र खुङ्ग्री–दारबोट सडक खण्डमा इन्ट्री गर्ने ठाउँको बारेमा पनि जानकारी दिनुभएको थियो ।

बैठकमा यातायात प्रालिका इन्चार्ज तथा प्रतिनिधी, जिल्ला प्रहरी कार्यलय रोल्पा,ट्राफिक प्रहरी कार्यालय रोल्पा,जतप्रतिनिधीको संयुक्त छलफलबाट स्वीकृत भन्दा बढी सिट हटाउने निर्णय भएको छ । सिट क्षमता हटाउनको लागि यातायत प्रालिहरुले असोज १५ गते सम्म समय माग गरेका छन् । सोही समय भित्र सिट क्षमता हटाउने र असोज १६ गते भन्दा पछाडी पनि त्यस्तो पाईएमा कारबाही गर्ने बताईएको छ । साथै सबै सवारी साधनमा भाडा दर टाँस्न समेत आग्रह गरीएको छ ।

बैठकमा सहभागीहरुले सिट क्षमता भन्दा बढी यात्रु नराख्ने र यदि त्यस्तो पाइएमा सबैले खबरदारी गर्नु पर्ने बताएका छन् । अनिवार्य रुपमा ट्राफिक नियमको पालना गरी बढ्दो सवारी साधन दुघर्टनालाई न्यूनिकरण गरी जनधनको क्षति हुनबाट बच्नको लागि सबै सजग हुन आवश्यक रहेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा बसेको बैठकको विशिष्ट अतिथी रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति रहनु भएको थियो । बैठकमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम कुमार सारुमगर, सशस्त्र प्रह्री आश्रिीत गल्म रोल्पाका सहायक प्रहरी नायब उपरीक्षक विष्णु दत्त अवस्थी, राष्ट्रिय अनुसन्धान कार्यलय रोल्पाका प्रमुख कुशल थापा मगर, विभिन्न राजनितिक दलका प्रतिनिधि, गाडी धनी, ठुला तथा साना यातायत प्रालिका इन्चार्ज तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array