Ad image

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा गंगादेवका दुई परिवारलाई आर्थिक सहयोग

मालश्री खबर
मालश्री खबर २७ भाद्र २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, भाद्र २७ गते रोल्पा 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर १ ओतका दुई परिवारको लागि सहयोग हस्तान्तरण गरेको छ । उक्त संस्थाले वैदेशिक रोजगारको क्रममा मृत्यु भएका अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदिका सकृय सदस्य स्वर्गीय जीत बहादुर पुनमगरको परिवारलाइ र व्रेन ट्युमर पीडित किरण घर्तिमगरलाई सहयोग हस्तान्तरण गरेको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाका अध्यक्ष महेन्द्र घर्तीको संयोजकत्व तथा अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजकी सदस्य देबिका घर्ती मगरको सह–संयोजकत्वमा ब्रेन ट्युमर पिडीत किरण घर्तिमगरलाई देश तथा विदेशबाट एक महिने किरण बचाउ अभियान संचालन गरि ४ लाख २९ हजार १ सय दश रूपैँया आर्थिक सहयोग गरिएको र स्वर्गीय पुनको परिवारलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदी मार्फत एक लाख रूपैँया सहयोग गरिएको अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष दिलाराम वलीले जानकारी दिनुभयो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गंगादेव गाउपालिका अध्यक्ष हरि बहादुर पुन मगरको प्रमुख आतिथ्यतामा साथै गंगादेव गाउँपालिका वडा नम्बर १ ओतका वडा अध्यक्ष अमृत कुमार वली, स्थानीय जन प्रतिनिधि, क्रियाशील सबै राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, सामाजिक अगुवा र स्थानीय बासिन्दाको उपस्थितिमा गंगादेव गाउँपालिका वडा नम्बर १ ओतमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली र कोषाध्यक्ष निशान वलीको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

- Advertisement -
Ad image

आर्थिक सहयोग संकलनन अभियानमा साथ दिने दिपेश डाँगी, डम्बर बहादुर विश्वकर्मा, विष्णु वली, कुल बहादुर घर्तिमगर, फलिता रोकामगर, आशा पुनमगर, रमेश घर्तिमगर, विरेन्द्र घर्तिमगर, दिपेश पुनमगर, चित्र पुनमगर, टोप बहादुर घर्तिमगर, दिपक राणामगर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदीका सम्पूर्ण पदाधिकारी, कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण गर्नुहुने अ्मृत बहादुर घर्तिमगर, देविका घर्तिमगर, स्थानीय सरकार तथा गंगादेव गाउँपालिका १ नं। वडा पालिका, समाजका सदस्यहरु लगाएत लाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाले आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array