Ad image

गाउँपालिका अध्यक्ष बुढाथोकीको निर्देशनमा सुलिचौर बजारको नाला सरसफाई

मालश्री खबर
मालश्री खबर २६ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २६ गते रोल्पा ।

सुलिचौर बजार सड्क नालाको सरसफाई गरिएको छ । साविकको ४ नं. वडा कार्यालय नजिकै नाला वन्द भई फोहोर पानी बजार क्षेत्रका सडकहरुमा वग्न पुगि दुर्घन्ध समेत फैलिएकाले गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको निर्देशन आज सरसफाई गरिएको सुनिलस्मृती गाउँपालिकाले जानकारी दिएको छ ।

नगर प्रहरीको सक्रियता सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा समाजसेवि तथा अधिवक्ता फत्ते प्रचण्ड घर्ती, पत्रकार तथा समाजसेवि दीपेश पराई विष्टलगाएत व्यक्तित्वको उपस्थित रहेको थियो ।

सरसफाई कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्षको समन्वयकारी भूमिका थियो भने तथा नाला खोल्न आवश्यक सामाग्री समाजसेवी तथा रोल्पा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिलन रोकाले उपलब्ध गराउनु भएको बताइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array