Ad image

अम्मीसरा स्मृति हेल्प फाउण्डेशनद्वारा विषालु च्याउँको सेवनबाट मृत्यु भएका परिवारलाई सहयोग

मालश्री खबर
मालश्री खबर २६ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa

भरत विश्वकर्मा/ मालश्री खबर,

भाद्र २६ गते रोल्पा ।

अम्मीसरा स्मृति हेल्प फाउण्डेशनले रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ बडाचौरका विषालु च्याउँको सेवनबाट मृत्यु भएका परिवारका साथै अति विपन्न, असहाय र दीर्घ रोगीको लागि सहयोग वितरण गरेको छ । त्यस्तै फाउण्डेशनले नेपाल राष्ट्रिय मावि खुमेल र मगर संघको भवन निर्माणको लागि पनि सहयोग हस्तान्तरण गरेको छ ।

- Advertisement -
Ad image

उक्त सहयोग वितरण कार्यक्रम बडाचौरको अम्मीसरा स्मृति प्रतीक्षालयमा गरिएको आयोजकले बताएको छ । गत असारमा रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं ५ बडाचौर घर भएका एकै परिवारका ३ जनाको असार २५ गतेका दिन र अर्को परिवारको केही दिन पश्चात् २ जना गरि ५ जनाको मृत्यु भएका थियो ।

फाउण्डेशनले विषालु च्याउँको सेवनबाट मृत्यु भएका ५ जनाको परिवारलाई जनही २५ हजारका दरले आर्थिक सहयोग, विपन्न तथा दीर्घ रोगी चिचले कामी र असाहय तथा एकल महिला कुर्मा गुरुङलाई २० हजारका दरले आर्थिक सहयोग गरेको साथै उक्त परिवारलाई ३५ हजार रूपैँया बराबरको राहत स्वरूप चामल, तेल, नुन, दाल लगाएतका खाद्यन सामाग्री वितरण गरिएको अम्मीसरा स्मृति हेल्प फाउन्डेशनका सचिव रक्ष क्षत्रीले बताउनुभयो ।

यी बाहेक फाउण्डेशनले श्री राष्ट्रिय माध्यामिक विद्यालय रोल्पा नगरपालिका ३ खुमेलका असाहय तथा अति विपन्न बालबालिकाहरूलाई शैक्षिक सामाग्रीको लागि ५५ हजार र नेपाल मगर संघको सुनछहरी गाउँपालिकामा भवन निमार्णको लागि २५ हजार ५ सय रुपैयाँ गरि कुल २ लाख ८० हजार ५ सय रूपैँया सहयोग प्रदान गरेको फाउण्डेशनले जानकारी दिएको छ ।

राहत वितरण कार्यक्रम अम्मीसरा स्मृति हेल्प फाउन्डेशनका उपाध्यक्ष साजन कुमार थापाको अध्यक्षतामा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाको प्रमुख आतिथ्यता, लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रिक बहादुर रोका मगरको विशिष्ट आथिथ्यतामा भएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहनुभएका लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले विषालु च्याउ खाएर मृत्यु भएका परिवारको लागि फाउण्डेशनले गरेको सहयोग र अत्य क्षेत्रमा पु¥यााएको योगदान प्रशंसा गर्न लाहेक भएको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले गाउँपालिकाले पनि विषालु च्याउँको सेवनबाट मृत्यु भएको परिवारको लागि जनही २० हजारका दरले सहयोग गर्ने निर्णय गरेको बताउनु भएको थियो । फाउन्डेशनले गरेको कामको प्रशंसा गदै उहाँले फाउन्डेशनलाई थप सामाजिक कार्यप्रति सक्रिय रहन आग्रह समेत गर्नुभएको थियो ।

अम्मीसरा स्मृति हेल्प फाउण्डेशनमा आबद्ध युवा समाजसेवी वम बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव रक्ष क्षत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array