Ad image

जन जनमा माओवादी रुपान्तरण अभियान सुनछहरी ५ मा टोल भेला सम्पन्न

मालश्री खबर
मालश्री खबर २५ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

जुनिस कुमार बिष्ट
मालश्री खबर, भाद्र २५ गते रोल्पा ।

जन जनमा माओवादी रुपान्तरण भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिका ५ नम्बर वडा ५ थनबाङको टोल भेला सम्पन्न भएको छ ।
गाउँ कमिटी सल्लाहकार सतबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिका ५ नम्बर वडा समिति अध्यक्ष तथा गाउँ कमिटी सदस्य दुर्गाबहादुर बुढाथोकी तमिलको प्रमुख आतिथ्यता रहेको थियो ।

अन्य अतिथीहरुमा नेकपा माओवादी केन्द्र सुनछहरी गाउँ कमिटी सदस्य एवं प्रेस सेन्टर नेपाल रोल्पा जिल्ला सदस्य जुनिस कुमार बिष्ट, गाउँ कमिटी सल्लाहकार गजमान बिष्ट, वडा सदस्य अशिना बिष्ट, अनिशा बिष्ट लगाएतको आतिथ्यतामा सम्पन्न भएको भेलाबाट जिते बितालुको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको छ।जसको उपाध्यक्षमा लालमणी बिक, सचिव पुर्णबहादुर खत्री, मनि बिष्ट कोषाध्यक्ष सदस्यहरु नरबहादुर बिष्ट,पुर्णबहादुर बिष्ट, दिलमाया बिष्ट, सुस्मिता बिष्ट, पुर्णबहादुर खत्री कुमार धनबहादुर बिष्टलगाएत टोल कमिटी गठन गरिएको छ ।

साथै ६ सदस्यीय टोल सल्लाहकार समिति गठन गरिएकोछ।सल्लाहकारहरुमा सतबहादुर खत्री, गजमान बिष्ट, माघी बिष्ट, अनिशा बिष्ट, तिर्खबहादुर बिष्ट, जेबि बिष्टलगाएत गठन गरिएको छ । साथै सर्वेक्षण फारम र बाल पेन्टिङ गरि सकेकोले थप अनुगमन गरि अन्तिम अनुमोदन गरेर गाउँ कमिटीमा पठाउने निर्णय समेत गरिएको छ ।

- Advertisement -
Ad image

उक्त भेलामा टोलको रिपोर्टिङ सल्लाहकार गजमान बिष्टले गर्नुभएको थियो भने टोलको माओवादी आन्दोलनको अवस्था, माओवादी आन्दोलनमा माओवादीले गरेका त्याग बलिदान लगाएतको बारेमा गाउँ कमिटी सल्लाहकार सतबहादुर खत्रीले जानकारी गराउनुभएको थियो ।

माओवादी सिद्धान्त माओवादी बिचारधारा माओवादी आन्दोलनको बारेमा गाउँ कमिटी सदस्य जुनिस कुमार बिष्टले प्रकाश पार्नुभएको थियो भने समसामयिक माओवादी कार्यक्रम गाउँ कमिटीका आगामी कार्यक्रमको बारेमा पार्टी वडा अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array