सुनछहरी गाउँपालिका ५ थनबाङमा श्रद्धाञ्जली सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर २५ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर भाद्र २५ गते रोल्पा ।

सुनछहरी गाउँपालिका ५ थनबाङमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला सल्लाहकार रिमु सुवेदीको साइलो छोरा प्रकाश सुवेदीको जेठी श्रीमती स्वर्गीय ममता सुवेदीको स्मृतिमा उक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

५ नम्बर वडा जैमासकलाले जनताको सुखदुःखमा सरकारको साथ भन्ने नाराका साथ वडाको माथिल्लो भेग थनबाङमा पुगेर श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको वडा सदस्य अनिशा बिष्टले बताउनुभयो ।

उक्त कार्यक्रममा मृतकका छोरा सन्तोष सुवेदी श्रीमान प्रकाश खत्री र ससुरा बुवा रिमु सुवेदीलाई उठेको ४ हजार ६ सय ७५ रुपैयाँ र मृतकको फोटो हस्तान्तरण गरिएको थियो ।

सुनछहरी गाउँपालिका ५ नम्बर वडा जैमाकसलाको आयोजनामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा वडा अध्यक्ष देवीलाल रोकामगर, कार्यपालिका सदस्य तथा वडा सदस्य अनिशा बिष्ट, वडा सदस्य बेगम बुढाथोकी, दिला बिक, नेकपा एमाले जिल्ला सल्लाहकार रिमु सुवेदी, नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिका ५ नम्बर वडा जैमाकसला पार्टी अध्यक्ष दुर्गाबहादुर बुढाथोकी, थनबाङ धारा टोल बिकास संस्थाका अध्यक्ष नरबहादुर खत्रीको उपस्थित रहेको थियो ।

त्यस्तै निवर्तमान अध्यक्ष पुष्टबहादुर खत्री, नेकपा माओवादी केन्द्र गाउँ कमिटी सल्लाहकार द्वय सतबहादुर खत्री, गजमान बिष्ट, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य जुनिस कुमार बिष्ट, नव सिर्जनशील युवा क्लब थनबाङका कोषाध्यक्ष राज बिष्टलगाएत घरपरिवारको तर्फबाट मृतकका छोरा सन्तोष सुवेदी, श्रीमान प्रकाश खत्री, छोरी गीता खत्री पुन, ज्वाइँ बिक्रम पुन, सासुआमा बिरमा खत्री, लगाएत आफन्त इष्टमित्र लगाएतको उपस्थितिमा उक्त श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्