Ad image

विश्व आत्महत्या रोकथाम दिवस रोल्पामा पनि मनाइयो

मालश्री खबर
मालश्री खबर २४ भाद्र २०८०, आईतवार
4 Min Read
Aa

लोकेन्द्र चन्द /मालश्री खबर, भदौ २४ रोल्पा ।
विश्व आत्महत्या रोकथाम दिवस रोल्पामा पनि एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । आशा जगाऔं, जिबन बचाऔं भन्ने मुलनाराका साथ स्वाथ्य कार्यालय रोल्पाको आयोजनामा बिश्व आत्महत्या रोकथाम दिवस मनाइएको स्वाथ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।


कार्यक्रममा स्वाथ्य कार्यालय रोल्पाका कर्मचारी, रोल्पा अस्पतालका रेउघाका स्वास्थ्यकर्मि, रोल्पा जिल्लाका अधिकांस स्थानिय तहका स्वास्थ्य शाखा सयोजक, सहसयोजक,जिल्ला स्थित बिभिन्न स्वाथ्य चौकिका प्रमुखहरु उपस्थितीमा दिवस मनाइएको स्वाथ्य कार्यालय रोल्पाका तथ्याङ्क साहेक अरु भिटु उपाध्यायले जानकारी दिनु भएको छ ।

हरेक बर्ष सेक्टेम्बर १० तारिकका दिन बिश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिदै आएको छ । पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा बृद्धि भैइरहको तथ्याङ्क सार्वजनिक भैइरहेको छ ।

विश्वमा वर्षेनी आत्महत्याका कारण ज्यान गुमाउने संख्या ७ लाख रहेको छ । हरेक ४० मिनेटमा विश्वमा एक जनाले व्यतिmले आत्महत्या गर्ने गरेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

- Advertisement -
Ad image

नेपालको आत्महत्याको तथ्याङ्कलाई हेर्दा हरेक दिन करिब २० जना ब्यक्तिले आत्महत्याकै कारण अकालमा ज्यान गुमाउनु परेको छ । गत आर्थिक बर्ष २०७९/०८० मा आत्महत्याकै कारण ६ हजार ९ सय ९३ जनाले आत्महत्याका कारण अकालमै ज्यान गुमाउनु परेको छ ।

गत आर्थिक बर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा १ हजार २ सय ७५ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । जसमा पुरुष ७ सय १३ जना महिला ४ सय २५ बालक ५२ जना र बालिका ८५ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै रोल्पा जिल्लाको तथ्याङ्कलाई हेर्दा गत आर्थिक बर्ष २०७९/०८० मा ६६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कमा उल्लेख रहेको छ । जसमा पुरुष ३२ जना महिला २६ बालम ४ बालिका ५ जना रहेको प्रहरीको तथ्याङ्कमा रहेको छ । त्यसमा झुण्डियर ५२ जनाले बिष खाएर १३ जनाले र पानीमा हामफालेर १ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्ला जातिय हिसाबले हेर्दा रोल्पा जिल्लामा गत आर्थिक बर्ष २०७९/०८० मा जनजाती ४१ जना, बाह्रामण /क्षेत्री १५ जना, दलित १० जना र मधेसी/मुस्लीम/अन्य गरि १ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कमा उल्लेख रहेको छ ।

आत्महत्या गर्नुको मुख्य कारणहरु, उदासीनताको मनोरोग (डिप्रेसन),रक्सीको दुर्व्यसन, सिजोफ्रेनियाको मनोरोग, विगतमा आत्महत्याको प्रयास गरेको पारिवारिक इतिहास, साधनमा सहज पहुँच नहुनु, द्वन्द्व, प्रकोप, हिँसा, दुव्र्यवहार, एक्लोपन, तथा आफन्त वा आफ्नो प्रिय वस्तु गुमाउनु जस्ता घटनाहरुले गर्दा प्रायः मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्याको जोखिम भएका व्यक्तिलाई समयमै पहिचान गर्न सकिएमा अकाल्मै ज्यान जान बाट बचाउन सकिने यस क्षेत्रका जनाकाहरले बताएको छन् ।

कसैको पनि आत्महत्या गर्ने भनि दिएको धम्की वा वचनलाई संवेदनशीलताका साथ लिने, उनिहरु सँग कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने त्यस्ता व्यक्तिलाई प्रसस्त समय दिने, सधैसहानुभूति समभावका साथ सुन्ने, भावनात्मक सहयोग गर्ने, उनिहरुको परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने र उनीहरुसँग बिरामीलाई जोडिदिने, सहयोगको निश्चितता गर्ने,यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने, आवश्यकता अनुसार मनोचिकित्सक, मनोविद, परामर्शकर्ता कहाँ पठाउने काम गर्न सकेमा आत्महत्या गर्न बाट बचाउन सकिने मनोचिकित्सक, मनोविद, परामर्शकर्ताले बताउदै आएका छन् ।

स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख जित बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय रोल्पा लेखापाल मोतीराज न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा समग्र रोल्पा जिल्ला, प्रदेश र सिंगो देशकै आत्महत्याको आवस्थाको बारेमा जानकारी स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क शाखा प्रमुख अरुण भिटु उपाध्याले जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रसासन प्रमुख हेमराज डाँगी र रोल्पा अस्पताल रेउघा रोल्पाका फार्मेसि अधिकृत बुद्धिबल चिडी लगाएतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array