Ad image

नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्यसमिति बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर, भदौ २४ रोल्पा ।

नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्यसमिति बैठक सम्पन्न भएको छ । आइतबार सुशील कोइराला स्मृति भवन नेपाली कांग्रेस रोल्पाको कार्यालयमा बैठक सम्पन्न भएको हो।नेपाल विद्यार्थी संघ रोल्पाका सभापति योगेन्द्र अनुपम जिसीको अध्यक्षतामा भएको बैठकमा नेपाल विद्यार्थी संघ रोल्पाका जिल्ला कार्य–समितिका पदाधिकारीहरुको सहभागिता रहेकोे थियो ।

नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम कार्य–समिति बैठकले दुई÷दुई महिना बैठक बस्ने, नेपाल विद्यार्थी संघ रोल्पालाई चलाएमान गराउने, संगठन विस्तारलाई थप प्रभावकारी गराउने,रोल्पा जिल्लामा रहेका स्थानीय तहका माध्यमिक विद्यालयमा संगठन विस्तार गर्ने, पालिका संयोजक नियुक्ति गरी थप संगठनलाई सशक्त ढंगले अगाडि बढाउने र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरिएको नेपाल विद्यार्थी संघ रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

त्यस्तै नेपाल विद्यार्थी संघ रोल्पाको प्रथम बैठकले रोल्पा नगरपालिका,सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका र गंगादेव गाउँपालिकामा संयोजकहरु पनि टुंगो लगाएको छ ।

त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिकामा पनि छिट्टै नेपाल विद्यार्थी संघका संयोजक टुंगो लगाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array