Ad image

खेलाडी सम्मान तथा प्रतियोगिता सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ भाद्र २०८०, आईतवार
3 Min Read
Aa

सुरेन्द्र वलि
मालश्री खबर, भाद्र २४ गते रोल्पा ।

भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन नगरपालिका ७ काजीपौवाका दुई जना पदक बिजेता खेलाडीहरु एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघले जनही पन्ध्र, पन्घ्र हजार नगद सहित प्रमाणपत्रले सम्मान गरेको थियो । सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत र एक कास्य पदक जितेका हुन ।

पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघको आयोजनामा मिति २०८० भाद्र २२ र २३ गते भएको १० औ पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो प्रतियोगिता २०८० सम्मन्न भयो। जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालको प्रमुख अतिथीवाट उद्घाटन भई संचालन भएको यस प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको, स्पाईरीङ र प्याट्र«न गरि २ वटा बिधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्य पदकको लागि ३४३ जना १४ वटा दोजाङका खेलाडीहरुले यस प्रतियोगितामा सहभागी रहेको थियो ।

जसमा ९ वटा स्वर्ण पदक जिती बिजु दोजाङहरु प्रथम , ८ स्वर्ण पदक द्धितिय जिती तानसेन दोजाङहरु र ७ वटा स्वर्ण पदक जिती .हिदन.दोजाङहरु तृतिय भई ट्रफि उचाल्न्न सफल भएको छ। यसै गरि महिला बेष्ट ल्पेयर सिनिएरमा एलिसा घर्ति मगर खेलाडी पुरुषमा बिवेक बुढा खेलाडी जुनियर महिलामा समिक्षा थापा र पुरुषमा श्रीजल पाण्डे वेष्ट प्लेर हुनु भयो ्। यस प्रतियोगिताको समापन समारोह तथा पुरुस्कार वितरण कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख माननिय तुलाराम घर्ति मगर बसन्त ज्यूले पाल्पामा एउटा मार्सलआर्टको कर्भडहल नभएकोले यसको लागि जसरीनी पहल गरि बजेट छुट्याउने बताउनु भयो ।

- Advertisement -
Ad image

लुम्बिनी प्रदेश सभाका सभा सदस्य माननीय खेम बहादुर सारुले हजारौको संख्यामा रहेको यस खेल खेल्ने खेलाडी रहेता पनि यसमा सरकारको ध्यान नगएकोमा अब राज्यले अब देखि देशको गहना खेलाडीहरुलाई उचित बजेट छुट्याउनु पर्ने बताउनु भयो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकापा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी का जिल्ला ईन्चार्ज राजेन्द्र बि. क. जिल्ला खेलकुद बिकास समितीका कार्यबाहक अध्यक्ष दिपक घिमिरे, नेपाल पत्रकार महाँसघ पाल्पा शाखाका यज्ञर्मुती तिमलसेना र श्रीनगर स्टेसन म्यानेजर देव पचभैयाले शुभकामना मन्तब्य दिनु भएको थियो। पाल्पा आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष निर बहादुर सारुको अध्यक्ष्तामा र सचिव नगेन्द्र मल्लको संचालनमा कार्यक्रम सम्पन्न छ ।

प्रतिक्रिया दिनुहोस्

Array