Ad image

बालविवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनिलस्मृति–४ कोईरालखर्कमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

भरत विश्वकर्मा/मालश्री खबर
भाद्र २४ गते, सुलिचौर रोल्पा ।

बाल विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को कोइरालखर्कमा शनिवार सम्पन्न भएको छ । कार्यक्रम सहयोगी हातहरूको समूह (सहास) नेपालद्वारा सञ्चालित सहयोगी किशोर किशोरी सञ्जालको आयोजनामा सुनिलस्मृति ४ का किशोर किशोरीहरूको बिचमा विभिन्न सरोकारवालाहरूसँग भएको बताइएको छ ।

बालविवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा समुदायमा बालविवाह कसरी न्यूनीकरण गर्न सकिन्छ र यसलाई न्यूनीकरण गर्नको लागि स्थानीय सरकार, सामुदायिक संघ संस्था, टोल विकास संस्था लगाएतले खेल्नुपर्ने विशेष भूमिकाको बारेमा बृहत् छलफल भएको सहयोगी किशोर किशोरी सञ्जालका अध्यक्ष ठगेन्द्र सुनारले जानकारी दिनुभयो ।


बालविवाह न्यूनीकरणमा थप केही सहयोग हुने हेतुले वडाले बजेट पनि विनियोजन गरेको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य पुर्ण सुनारले जानकारी दिनुभएको थियो । वडा कार्यालयले विनियोजन गरेको बालविवाह न्यूनीकरण सम्बन्धी सहयोग पुग्ने उहाँले कार्यक्रममा बताउनु भएको छ ।

- Advertisement -
Ad image


बालविवाह न्यूनीकरणका लागि घरमा आफ्नो बालबालिका लाई अन्य व्यक्तिहरूले बालविवाह गर्नुका कारणले भोगेका समस्याहरू सुनाएर उनीहरूलाई बालविवाह गर्नु हुदैन भन्ने चेतनाको विकास गराउने सरस्वती आधारभूत विद्यालय का शिक्षक टंक वलीले बताउनुभयो ।
कार्यक्रम मा किशोर किशोरीहरूले बालविवाह भनेको के हा ? बालविवाह किन गर्नु हुदैन ? बालविवाह हुने मुख्य कारण, बालविवाहले निम्त्याउने समस्या र बालविवाह न्यूनीकरण गर्न का लागि गर्नु पर्ने क्रियाकलाप का बारे मा प्रस्तुतीकरण समेत गरेका थिए । उक्त कुराको प्रस्तुतिकरण गर्दै गाउँघरमा कसैले बालविवाह गरिहालेमा उक्त विवाहलाई बहिस्कार गरि प्रहरीमा खबर गरिदिनुपर्ने लगाएतका कुराहरू प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम सहयोगी किशोर किशोरी सञ्जालका उपाध्यक्ष विमला बुढाथोकीको अध्यक्षतामा र विभिन्न व्यक्तित्वहरूको सहभागितामा भएको थियो ।
बालविवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य पुर्ण सुनार, टोलविकास संस्था, स्थानीय बाल तथा युवा क्लब, आमा समूह, विद्यालयका शिक्षक, स्वावलम्बन समूह, अभिभावक, किशोर किशोरी लगाएतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array