Ad image

गाउँपालिका स्तरीय स्वास्थ्य संस्थाको बार्षिक समिक्षामा स्युरी स्वाथ्य चौकी प्रथम

मालश्री खबर
मालश्री खबर २२ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २२ गते रोल्पा ।

सुनछहरी गाउँपालिका स्तरीय स्वास्थ्य संस्थाको बार्षिक समिक्षामा स्युरी स्वास्थ्य चौकी रोल्पा प्रथम भएको छ ।

हिजो (बिहिबार) भएको सुनछहरी गाउँपालिका स्तरिय आर्थिक वर्ष २०७९/८० को बार्षिक समिक्षा गोष्ठी बाट वडा न. ४ मा रहेको स्युरी स्वास्थ्य चौकी ६४.७५ प्रतिशत अङ्क ल्याएर गाउँपालिकाको उत्कृष्ट घोषणा भएको हो ।

कार्यसम्पादको आधारमा सेरम स्वास्थ्य चौकी दोस्रो, गाम स्वास्थ्य चौकी र पोवाङ स्वस्थ्य चौकि तेस्रौ भएको स्युरी स्वास्थ्य चौकिका इन्चार्ज खड्कबहादुर गाहामगरले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

बार्षिक समिक्षा गोष्ठी कार्यक्रमको अध्यक्षमा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर रहनुभएको थियो ।अतिथिहरुमा सुनछहरी गाउँपालिकाका उपाध्यक्ष ननकला घर्ति, प्रमुख प्रसासकिय अधिकृत लालसिंह खड्का, सुनछहरी गाउँपालिका भित्रका ६ वटै स्वास्थ्य चौकिका प्रमुख, आधारभुत स्वस्थ्य चौकिका प्रमुख, सामुदायिक स्वास्थ्य चौकीका प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लागायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकारण जिल्ला स्वास्थ्य तथ्याङ्क सहायक अरुण उपाध्याय भिटुले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array