Ad image

स्वास्थ्य कार्यालय रोल्पाले सबै स्थानिय तहमा बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी गर्दै 

मालश्री खबर
मालश्री खबर २१ भाद्र २०८०, बिहीबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, भदौ २१ रोल्पा ।

गत आर्थिक बर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम लिएर स्वास्थ्य कार्यालय रोल्पा नगरपालिका र गाउँपालिकाहरुमा पुगिरहेको छ ।

नगरपालिका र गाउँपालिकाहरुको स्वास्थ्य शाखाले उक्त कार्यक्रम गर्दै आएको छ । अहिलेसम्म करिब ८० प्रतिशत स्थानीय तहमा बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । करिब २० प्रतिशत स्थानीय तहमा सम्पन्न हुन बाँकी रहेको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

स्वास्थ संस्थाले लिएको ३२ सूचक र स्थानीय तहको ४ सूचक गरी जम्मा ३६ सूचकमा कति सुधार भयो या भएन, एक बर्षसम्म स्वास्थ्य संस्थाले पुरा गर्नु पर्ने काम, लिएको लक्ष्य, अहिले भएका कमजोरी, आगामी दिनमा सुधार गर्दै कसरी स्वास्थ्य संस्थालाई राम्रो गराउने लगायत विषयमा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संस्थाका प्रमुख र कर्मचारीहरुसँग छलफल गर्दै आएको छ ।

- Advertisement -
Ad image

बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएका स्थानिय तहहरु
१.माडी गाउँपालिका श्रावण ३१ र ३० गते
२.त्रिवेणी गाउँपालिका भदौ ०८ गते
३.रोल्पा नगरपालिका भदौ ११ र १२ गते
४.रुन्टिगढी गाउँपालिका भदौ १२ र १३ गते
५.परिवर्तन गाउँपालिका भदौ १९ र २० गते

२)आज भएको स्थानीय तहः
१. सुनछहरी गाउँपालिका भदौ २१ गते
२.सुनिलस्मृती गाउँपालिका भदौ २१ र २२ गते
३.गंगादेव गाउँपालिका भदौ २१ र २२ गते
३)बाँकी रहेका स्थानीय तहः
१. लुङ्ग्री गाउँपालिका २४ गते

थबाङ गाउँपालिकामा भदौ १७ र १८ गते स्वास्थ्य कार्यालय रोल्पाले पूर्व निर्धारित समय तय भएको स्थगित भएको र अहिलेसम्म कहिले गर्ने भनेर मिति नतोकिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख तथा वरिष्ठ जन–स्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीको जानकारी अनुसार रोल्पा जिल्लाको सबै स्थानीय तहमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएपछी असोज महिनाको पहिलो हप्ता स्वास्थ्य कार्यालय रोल्पाको बार्षिक समिक्षा हुने समेत सुवेदीले जानकारी दिनु भएको छ।हामी अहिले पालिकाहरुमा कार्यक्रम गर्दै आएका छौ, सबै पालिकामा कार्यक्रम सम्पन्न भए पश्चात् जिल्लाको पनि बार्षिक समिक्षा कार्यक्रम पनि गर्दै छौ–उनले भने ।

४) उत्कृष्ट पालिका घोषणाः
स्वास्थ्य कार्यालय रोल्पाको बार्षिक समिक्षा कार्यक्रममा रोल्पा जिल्लाका स्थानीय तहहरु मध्येबाट एक स्थानीय तहलाई उत्कृष्ट पालिका घोषणा गरिने स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटुले जानकारी दिनुभयो । हामी अहिले स्थानीय तहहरुमा कार्यक्रम गर्दै आएका छौँ–भिटुले भन्नुभयो । स्वास्थ्य संस्थाले निर्धारण गरेको सूचक र स्थानीय तहले निर्धारण गरेको सूचक कतिको पुरा भएको छ, त्यसको मूल्याकंनको आधारमा हामीले उत्कृष्ट पालिका घोषणा गर्ने छौँ– उनले भने।स्वास्थ्य कार्यालय रोल्पाको बार्षिक समिक्षा कार्यक्रममा कुन पालिका उत्कृष्ट घोषणा हुन्छ,त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

Array