Ad image

नेविसंघद्वारा आयोजित तीज मिलन तथा दर खाने कार्यक्रम जलजला बहुमुखी क्याम्पसमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर/भाद्र २१ गते रोल्पा ।

जलजला बहुमुखी क्याम्पस लिवाङ रोल्पामा नेपाल विद्यार्थी संघ जलजला बहुमुखी क्याम्पसको आयोजनामा आउदै गरेको नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा  तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल विद्यार्थी संघ जलजला बहुमुखी क्याम्पसका सभापति गणेश खड्काको अध्यक्षता साथै नेपाली काङ्ग्रेस रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्यको प्रमुख आतिथ्ययता र नेपाली काँग्रेस रोल्पाका पार्टी सचिव शेरबहादुर थापाको विशिष्ट आतिथ्ययतामा सम्पन्न भएको नेपाल विद्यार्थी संघ जलजला बहुमुखी क्याम्पसले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

आउदै गरेको नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नेपाल विद्यार्थी संघ जलजला बहुमुखी क्याम्पसद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्यले चाड मनाउने बाहनामा अनावश्यक खर्च गर्ने प्रचलनलाई कम गर्नुपर्नेमा सुझाब दिनुभयो । उहाँले अहिले समाजमा धेरै प्रकारका विकृति फैलिरहेकोले यसलाई हटाउनको लागि र चाडपर्वमा कम खर्चगर्ने वातावरणको सृजना गर्नमा विद्यार्थीहरूलाई सुझाब समेत दिनुभएको थियो ।

जलजला बहुमुखी क्याम्पस लिवाङ रोल्पामा नेपाल विद्यार्थी संघको आयोजनामा तिज मिलन तथा दर खाने कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लाल कुमारी वली, पूर्व महाधिवेशन प्रतिनिधि श्रीकुमारी रोका मगर, नेपाल विद्यार्थी संघ रोल्पा जिल्लाका सभापति अनुपम जि सि, जलजला बहुमुखी क्याम्पसका प्राध्यापक खिम खड्का, प्राध्यापक संघ जिल्ला अध्यक्ष विनोद आचार्य, लेखक संघका अध्यक्ष दामु मर्सिफुल, प्राज्ञी विद्यार्थी परिषदका जिल्ला अध्यक्ष दिपेन्द्र शर्मा, खेलकुदका केन्द्रीय सदस्य हेमन्त खत्री, स्ववियु कार्यवाहक अध्यक्ष विष्णु माझी, नेविसंघका निवर्तमान इकाई सभापति दीपक बिष्ट, कृषि क्याम्पस माडिचौरका सभापति मात्रिका नेपाल लगाएतको सहभागीता रहेको थियो ।

नेविसंघ जलजला बहुमुखी क्याम्पसका सचिव डोल्मा बानियाँ, लाल कुमारी केसी, सपना वली लगाएतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन नेविसंघ जलजला बहुमुखी क्याम्पसका उपाध्यक्ष समीक्षा बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array