Ad image

सुनछहरी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति

मालश्री खबर
मालश्री खबर १९ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १९ गते रोल्पा 

सोमबार राती परेको हावा हुरी सहितको बार्षादले सुनछहरी गाउँपालिकाको विभिन्न वडामा मकै बालीमा पूर्णरुपमा क्षति पु¥याएको छ ।

सुनछहरी गाउँपालिकाका निवर्तमा अध्यक्ष आशबहादुर पुनका अनुसार गाउँपालिकाको १ नम्बर वडा सेरम, वडा नम्बर २ भित्री गामा, वडा नम्बर ३ बाहिरी गाम, ४ नम्बर वडा स्युरी , ५ नम्बर वडा जैमाकसला र वडा नम्बर ७ जेलबाङका सबै ठाँउमा मकै बालीमा पूर्ण रुपले क्षति पु¥याएको छ ।

मकै बालीमा क्षति पु¥याए पछि सुनछहरी गाउँपालिकाका किसान चिन्तित बनेका छन् । पाकिसकेको मकै भित्राउने समयमा प्राकृतिक प्रकोप हावाहुरीले बालीमा क्षति पु¥याउदा कृषकहरु थप मारमा परेका हुन् । गए राती नै हावा हुरी सहितको बर्षादको कारणले जेलबाङमा विद्युत अबरुद्ध भएको छ भने एक गाई चट्याङ लागेर मरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array