Ad image

विद्यालयकका शिक्षक तथा नर्सहरुका लागि आँखा हेरचाह सम्बन्धी तालिम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ भाद्र २०८०, सोमबार
4 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, १८ गते रोल्पा / 

विद्यालयकका शिक्षक, नर्सहरुको लागि एक दिने आधारभुत आँखा हेरचाह सम्बन्धी तालिम लिबाङमा सम्पन्न भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको आयाजनामा सोमबार (आज) उत्त तालिम प्रदान गरीएको हो । तालिममा रोल्पा नगरपालिका भित्रका माध्यमिक र आधारभूत विद्यालयका २५ जना शिक्षक र नर्सहरुको सहभागिता रहेको छ ।

आँखाको कारणले बालबालिकाले आफ्नो पढाईमा राम्रो गर्न नसक्ने अवस्था सिर्जना नहोस र कुनैपनि बालबालिकाको दृष्टि नविग्रीयोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम विद्यालयका शिक्षक तथा नर्सहरुलाई प्रदान गरीएको जिल्ला सामुदायिक आँदा केन्द्र लिबाङ रोल्पाका संस्थापक अध्यक्ष नौलसिङ पुनले बताउनु भएको छ ।

- Advertisement -
Ad image

१ दिन सम्म सञ्चालन हुने तालिममा सहभागि शिक्षक तथा नर्सहरुलाई विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आँखाको अवस्था ठिक छ कि छैन भनि दृष्टीको क्षमता मापन गर्न सिकाउने, आँखाको अवस्था सामान्य छ कि असामान्य छ भनि छुट्याउने भन्ने बारेमा तिलगंगा प्रतिष्ठानका प्रशिक्षकहरुद्धारा ति विधि र तरिकाहरु सिकाइएको छ ।

सहभागि शिक्षक तथा नर्सहरुलाई तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ अधिकृत रामसिङ तामाङ र पुष्पबाबु बस्नेतले प्रशिक्षण दिनुभएको थियो । तालिम पश्चात शिक्षक तथा नर्सहरुले आ–आफ्नो विद्यालयका विद्यार्थीहरुको आँखाको सामान्य परिक्षण गर्न सक्ने छन् ।

रोल्पा नगरपालिका मेयर तथा तालिमका प्रमुख अतिथी सुरेन्द्र थापा घर्तीले रोल्पा नगरपालिकालाई तालिम प्रदान गर्नको लागि छनोट गरेकोमा आयोजक प्रति आभार प्रकट गर्नुभएको छ ।
सहभागी सम्पुर्ण शिक्षक र नर्सहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह समेत गर्नु भएको छ । सामान्य हेलचेक्याइले गर्दा आँखाको ज्योती नै गुम्ने भन्दै मेयर थापाले साना बालबालिकाको आँखाको अवस्थालाई समयमै परीक्षण गरी त्यस्तो दर्घटनाबाट बच्चनको लागि शिक्षक र नर्सहरुले तालिम पश्चात महत्वपूर्ण भुमिका खेल्नेमा आफु विश्वस्त भएको बताउनु भयो । प्रत्येक व्यक्ति जिवनको अन्तिम क्षण सम्म पनि सुन्दर संसारलाई हेर्दै विदा हुने वातावरण सिर्जना होस भन्ने कामना समेत व्यक्त गर्नु भएको छ ।

कार्यक्रमका अतिथी नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापती डि.बी घर्तीले रेडक्रसले प्राथमिक उपचार, विभिन्न पिडीतलाई सहयोग, स्वास्थ्यका कार्यक्रमहरु एम्बुलेन्स र रक्तदान सँगसँगै पछिल्लो समय आँखा सम्बिन्धी विभिन्न शिविरहरु संचालन गर्दै आएको बताउनु भएको छ । २०६५ असार ८ गते नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा स्थापना भएको स्मरण गराउँदै आँखाको क्षेत्रमा स्थानिय तहसँग समन्वय गर्दै विभिन्न पालिकामा आँखा केन्द्रहरु स्थापना गरी आँखाका विरामीहरुलाई सेवा प्रवाह गरीरहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरले बालबालिकाको आँखालाई स्वास्थ राख्नको लागि तालिममा सिकेका कुरालाई आ–आफ्नो विद्यालयमा लागु गर्न सकेमा बालवालिकाको पढाइमा पनि थप सहयोग पुग्ने बताउनु भएको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नैलसिङ पुनको अध्यक्षतामा सुरुभएको तालिममा शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका प्रतिनिधी उत्तमकुमारी चौधरीको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज अमन कुमार चौधरी, रोल्पा नगरपालिकाका माध्यमिक र आधारभूत विद्यालयका शिक्षक तथा नर्स र विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ अधिकृत पुष्पबाबु बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ अधिकृत रामसिङ तामाङले गर्नुभएको थियो ।

साथै आयोजकले मंगलबार र बुधबार गरी २ दिन सम्म रोल्पा नगरपालिका, सुनछहरी परीवर्तन र माडी गाउँपालिकाका विभन्न २५ स्वास्थ्यकार्मीहरुलई आँखाको हेरचाह सम्बन्धी आधारभुत तालिम प्रदान गर्ने जनाएको छ ।

  

 

प्रतिक्रिया दिनुहोस्

Array