Ad image

सुनछहरीमा मगर खाम भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण तालिम सुरु

मालश्री खबर
मालश्री खबर १७ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, भाद्र १७ गते रोल्पा ।

सुनछहरी गाउँपालिकाले मगर खाम भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तकको प्रबोधिकरण तालिम सुरु भएको छ । गाउँपालिकाको सभाहल पोवाङमा आईतबार आज उक्त तालिमको उद्घाटन गरेको सुनछहरी गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत लालसिंह खड्काले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ । गाउँपालिकाले कक्षा १ देखि ८ मगर खाम भाषाको नँया पाठ्यक्रम समावेश गरेको जनाइएको छ ।

८ कक्षा सम्म खाम भाषालाई समावेश गरेको भएको पनि यो शैक्षिक शत्रमा भने गाँउपालिकाले कक्षा १ का विद्यार्थीहरुलाई मात्र पढाईने सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताउनु भएको छ । अध्यक्ष पुनका अनुसार यो शैक्षिक सत्रमा कक्षा १ को मात्र मगर खाम भाषाको पाठ्यपुस्तक मात्र तयार भएको बताइएको छ ।
मगर खाम भाषाको पाठ्यपुस्तक अध्यापन गराउने ३० जना शिक्षक र गाउँपालिका भित्रका ३३ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई सो तालिम दिइरहेको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -
Ad image

आदिवासी प्रागिक प्रतिष्ठानका अध्यक्ष डाक्टर नरमाया थापा मगर, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य डाक्टर विष्णु कुमार संजाली, नेपाल सरकारका उपसिचिव तथा सामाजिक अभियान्ता बलबहादुर घर्तिमगर, सेभ द चिल्ड्रेनका शिक्षा विद विश्वविर सारु, नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष जिवन प्रवेश रोकामगर र भाषा आयोगका माननिय अमृत कुमार योन्जनको टोली पाठ्य पुस्तक निर्माण गर्ने टिममा रहेको गाँउपालिका अध्यक्ष पुनले बताउनु भएको छ । पाठ्यपुस्तकमा भएको भाषिक अस्पष्टतालाई यि टोली शिक्षक तथा प्रअहरुलाई तालिम बाट प्रस्त पारिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array