Ad image

नेपाल तरुण दल रोल्पाद्वारा घर भत्किएको परिवारलाई आर्थिक सहयोग प्रदान

मालश्री खबर
मालश्री खबर १७ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, भाद्र १७ गते रोल्पा ।
नेपाल तरुनदल जिल्ला कार्यसमिति रोल्पाले घर भत्किएका परिवारलाई आइतबार सहयोग प्रदान गरेको छ । माडी गाउँपालिका वडा नमबर १ धारापानी निवासी सिताराम घर्तिमगरको श्रावण ३० गते घर माथीबाट ढुङ्गा खसेर घर भत्किएको थियो । घर भत्किएपछी सितारामको परिवारलाई बस्नको लागी समस्या भइरहको भन्ने खबर नेपाल तरुण दल रोल्पाले भाद्र १६ गते खबर पाए पश्च्यात भाद्र १७ गते आइतबार पीडितको घरमै पुगी सहयोग प्रदान गरेको हो ।

पिडितका परिवारलाई सक्दो सहायोग गर्नुपर्छ भन्ने उद्दश्यले नेपाल तरुण दल रोल्पाको समन्वयमा पीडितको परिवारलाई नेपाली काग्रेस संग सम्बद्ध इन्जिनियर, युवा व्याबसायी, शिक्षकहरुबाट रकम संकलन गरि रु १० हजार ५० रुपैया सहयोग प्रदान गरिएको नेपाल तरुण दल रोल्पाका कार्यबाहक अध्यक्ष पशुपती घर्तिमगरले मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

सहयोग प्रदान कार्यक्रममा नेपाल तरुण दल रोल्पा जिल्लाका कार्यबाहक अध्यक्ष पशुपती घर्तिमगर, नेपाली कांग्रेस प्रदेश सभा ख का क्षेत्रिय सभापती गोपाल घर्तिमगर, नेपाली कांग्रेस माडी गाउँपलिकाका सभापती नवराज डाँगी, नेपाली काग्रेस निवर्तमान जिल्ला कार्यसमिति सदस्य टेकबहादुर विक, नेपाल तरुण दल जिल्ला कार्यसमिति रोल्पाका कोषाध्यक्ष प्रताप बुढामगर, नेपाल बिद्यार्थि संघ रोल्पाका जिल्ला कार्यसमिति सदस्य कमल खड्का लगायत नेपाली कांग्रेस सम्बद्ध इन्जिनियर, युवा व्याबसायी, शिक्षकहरुको उपस्थितमा पीडितलाई सहयोग प्रदान गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

सहयोग प्राप्त पछि पीडित सिताराम घर्तिमगरले आफ्नो परिवारलाई अप्ठ्यारो परेको समयमा सहयोग गरेर आफुहरुको पीडाको घाउमा मलम पट्टी लगाउन सहयोग गरेको भन्दै नेपाल तरुण दल रोल्पालाई धन्यवाद समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array